आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

६१ जना नेपाली कुवेतको जेलमा, अधिकांश लागुऔषधमा संलग्न

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • वेत । कुवेतको केन्द्रिय कारागारमा ६१ जना नेपालीले जेल जीवन बिताइरहेका छन् ।

    नेपाली दुताबास कुवेतका अनुसार अधिकांश लागु औषध ओसारपसार तथा बेचबिखानमा संलग्न रहेका छन् भने बाँकी बलात्कार, चोरी डकैति, झैँ–झगडाको मुद्दामा जेल परेका हुन् ।

    नेपाली दूतावास कुवेतको आयोजनामा नेपालमा लगानी भित्र्याउने सम्बन्धमा नेपाली दुताबास कुवेत र कुवेतमा रहेका नेपाली समुदायबीच आज बृहत अन्तर्क्रिया कार्यक्रममा सो तथ्य प्रस्तुत गरिएको हो ।
    कार्यक्रममा केही व्यक्तिको स्वार्थका कारण नेपालीहरुले गैर कानूनी क्रियाकलापमा जानीजानी संलग्न हुने गरेको, धेरै पैसा कमाउने लोभले नेपालीहरु फस्ने गरेकोले कुवेतमा कार्यरत नेपालीहरुको प्रतिष्ठामा आँच आईरहेको र कुवेतमा नेपालीहरुले शिर ठाडो गरेर हिँड्ने अवस्था नभएको भन्दै यस तर्फ सबै सचेत हुनुपर्ने वक्ताहरुले धारणा राखेका थिए ।

    दूतावासका मिनिस्ट्री अफ काउन्सुलर लेखनाथ भट्टराईले विदेशी लगानी मार्फत पूँजी तथा प्रविधिलाई भित्र्याउन नेपाल सरकारको उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रुपमा आगामी मार्च २ र ३ मा काठमाडौमा नेपाल लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए ।
    अन्तरक्रिया कार्यक्रममा दुताबासले कुवेतमा कार्यरत नेपालीहरुको बसाईलाई सहज बनाउन सचेतना सम्बन्धि छलफल पनि गरेको थियो ।
    कुवेतमा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, वुद्दिजिवी र ब्यबसायीहरुले आ–आफ्नो सुझाब सहित विचार राखेका थिए ।

    कार्यक्रममा प्रवासबाटै भएपनि देश निर्माणमा सहभागी हुन पाउनु राम्रो कुरा भएको तर लगानी सम्बन्धि कुनै स्पष्ट खाका सहितको धारणा नआएकोले लगानीको सुनिश्चितताको बिषयमा गम्भीर हुन र स्पष्ट खाका सहितको अवधारणा ल्याउन वक्ताहरुले दुताबासलाइ अनुरोध गरेका थिए ।

    कुवेत सरकारको पछिल्लो तथ्यांक अनुसार करिब ६१ हजार नेपालीहरु
    बैधानिक रुपमा वसोवास गरिरहेको छन् भने ५ हजारको हाराहारीमा गैरकानूनी रुपमा रहेका छन् । गत बर्ष २०१६ मा २० हजार नेपालीहरु कुवेतमा काम गर्न आउन भनि दूतावासले कागजात प्रमाणित गरेको दुताबासले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij