आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा रेल दुर्घटना, नेपालमाथि गम्भिर आरोप !

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३



  • काठमाडौँ । आफ्नो रेलवे सेवामाथि पाकिस्तानको आइएसआई एजेन्टले आक्रमण गर्ने योजना तयार गरेको सूचना पाएपछि भारतका गुप्तचर एजेन्सीहरुले नेपालमा लुकेर रहेका पाकिस्तानी एजेन्जीका एजेन्टहरुमाथि निगरानी बढाएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार काठमाडौँको ठमेल र पोखरामा रहेका कश्मिरी व्यवसायीहरुले भारतीय रेलवेमाथि आतंकवादी हमला गर्न आइएसआइलाई पैसा फन्डिङ गर्न सहयोग गरिरहेको गम्भिर आरोप लगाएको छ ।

    यो पनि पढ्नुहोस्ः

    कानपुर रेल दुर्घटनामा आइएसआईको हात, मास्टरमाइन्ड नेपाली !

    ठमेलमा मात्र कश्मिरीहरुका ५ सयभन्दा बढी पसलहरु रहेको र त्यहीँबाट आइआएसआइ एजेन्टहरुले आतंकवादीहरुलाई फन्डिङ गरिरहेको दाबी छ । समाचारमा आइएसआइ एजेन्टहरुले नेपालको होटलहरुमा पनि लगानी गरेको उल्लेख छ ।


    हालै भारतमा भएको हिराकन्द एक्सप्रेस र इन्दौर–पटना एक्सप्रेस दुर्घटनाबारे छानविनबाट नेपालमा रहेका पाकिस्तानका एजेन्टहरुले घटनालाई घटाउन नेटवर्क सञ्चालन गरेको प्रारम्भिक सूचना भारतीय गुप्तचर एजेन्सीहरुले थाहा पाएका छन् ।

    नेसनल इभेस्टिगेसन एजेन्सी (एनआइबी) , इन्टिलिजेन्स ब्युरो (आइबी) र रिसर्च एण्ड एनलाइसिस विङ (रअ) ले विहार प्रहरीले पक्राउ गरेकाहरुलाई सोधपुछ पछि सो तथ्य पत्ता लगाएको हो ।

    स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘आइएसआइका एजेन्टहरुले नेपालहुँदै सिंगापुर, हङकङ, दुबई र ढाकाबाट आतंकवादीहरुलाई आवश्यक रकम पठाइरहेका छन् ।’

    समाचारमा आइएसआईहरुले नेपालको नेपालगञ्ज, कृष्णनगर, वीरगंज, रौतहट र सुनसरीलाई आइएसआईलाई भर्ना गर्ने र तालिम दिने केन्द्रको रुपमा प्रयोग गर्दै आएको बताइएको छ ।

    भारतीय एजेन्सीहरुले नेपाल र भारतमा रहेका आइएसआइ एजेन्टहरुको नेटवर्कलाई पर्दाफास गर्न जुटिरहेको दाबी गरिएको छ ।

    समाचारमा अन्य गम्भिर आरोप पनि लगाइको छ । ‘पाकिस्तानी आइएसआईले मुस्लिम युवाहरुलाई हिन्दु नाममा नेपालको पासपोर्ट दिलाएर पाकिस्तान पठाएर आतंकवादको प्रशिक्षका लागि पठाउने नयाँ रणनीति अपनाउन थालेको छ,’ समाचारमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij