आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दलहरुबीच सहमतिको विकल्प छैन : महामन्त्री कोइराला

  • प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७३



  • newsabhiyan

    नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शसाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ ।

    नवलपरासीको पहाडी बुलिङटारमा आज आयोजित प्रथम बुलिङटार महोत्सवको उद्घाटन गर्दै महामन्त्री कोइरालाले संविधान कार्यान्वयनका लागि समयमै तीन तहको निर्वाचन हुनुपर्ने बताउनुभयो ।

    संविधान जारी गर्ने बेलामा जसरी दलहरुबीच सहमति भएको थियो अब फेरि कार्यान्वयनका लागि पनि त्यस्तै सहमति आवश्यक भएको महामन्त्री कोइरालाको भनाइ थियो ।

    महोत्सव हेर्न नवलपरासीको पहाडी गाविसका जनतासहित छिमेकी तनहुँ र पाल्पाबाटसमेत स्थानीयहरु आएका छन् । महोत्सव चार दिनसम्म चल्नेछ ।

    न्यूजअभियानबाट साभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij