आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन

  • प्रकाशित मिति : आइतवार, माघ १६, २०७३



  • काठमाडौं । राणा शासनको विरोध गर्दा १९९७ मा फासी दिएका चारसहित अहिलेसम्म देशमा एक सय २४ जना सहिद भएको गृह मन्त्रालयको तथ्यांक छ । १०–१६ माघ १९९७ मा राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएका थिए । ती चार विभूतिको स्मरण गर्दै १६ माघमा सहिद दिवस मनाउने गरिएको खबर आजको नयाँ पत्रिकामा छ ।

    गृह मन्त्रालयका अनुसार १९९७ मा चार, ०६२-६३ को जनआन्दोलनमा मारिएका २५ जनासहित अन्य गरी ६८ जनालाई सहिद घोषणा गरिएको छ । त्यस्तै, तराई मधेस, थरुहट आन्दोलनका क्रममा मारिएका ४१ सर्वसाधारण र ११ सुरक्षाकर्मीसहित ५२ जनालाई पनि सहिद घोषणा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    गृह मन्त्रालयसँगै छैन सहिदको मापदण्ड
    गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भविश्वर पाण्डेले विभिन्न समयमा गरी हालसम्म घोषित सहिदको संख्या एक सय २४ जना नै रहेको बताए । सहिद घोषणा प्रस्ताव गर्ने प्रमुख निकाय भनेकै गृह मन्त्रालय हो । गृहकै प्रस्तावमा सरकारले विभिन्न समयमा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने गरेको छ । तर, मन्त्रालयसँग कुन र कस्तो घटनामा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने भन्ने मापदण्ड छैन ।

    सूचना अधिकारी पाण्डेले मन्त्रालयसँग सहिद घोषणासम्बन्धी विशेष खालको मापदण्ड नभएको बताए । मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले स्पष्ट मापदण्डका आधारमा भन्दा पनि पछिल्ला समयमा अध्ययन अनुसन्धानविनै सहिद घोषणा गर्ने गरेको छ ।

    ०४६ को आन्दोलनमा मारिएकाको अत्तोपत्तो छैन
    गृह मन्त्रालयका अनुसार ०४६ को जनआन्दोलनमा मारिएकाबारे कुनै अत्तोपत्तो छैन । सो आन्दोलनमा मारिएका तथा २००७ देखिकै विभिन्न घटनामा मारिएका व्यक्तिको सूची बनाएर सबैलाई सहिद घोषणा गर्ने गृहकार्य त्यसवेलाको सरकारले गरेको थियो । तर, त्यो गृहकार्य त्यत्तिकै सेलाएकाले ०४६ मा मारिएका व्यक्तिलाई सहिद घोषणा गरिएन । मन्त्रालयका सूचना अधिकारी भविश्वर पाण्डेले ०४६ मा मारिएका व्यक्तिहरूबारे कुनै जानकारी नभएको र सूचीसमेत नभएको बताए । त्यसवेला मारिएका व्यक्तिको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थन्किकएको थियो ।

    कुन वेला कति सहिद ?
    ०६-६३ को जनआन्दोलनपछि सहिद घोषणा गरिएका व्यक्तिको सूची

    घोषणा मिति २१ जेठ ०६३
    १. देवीलाल पौडेल, स्याङ्जा, जनआन्दोलन सहिद
    २. उमेशचन्द्र थापा, प्युठान, जनआन्दोलन सहिद
    ३. होरीलाल राना चौधरी, कैलाली
    ४ दर्शनलाल यादव, सुनसरी, जनआन्दोलन सहिद
    ५. भीमसेन दाहाल, काभ्रे
    ६. तुलसी क्षेत्री, चितवन
    ७. शिवहरि कुँवर, काभ्रे
    ८. विष्णुप्रसाद पाण्डे, नवलपरासी
    ९. हीरालाल गौतम, बारा
    १०. सेतु विक, बाँके
    ११. राजन गिरी, झापा
    १२. सुरज विश्वास, झापा
    १३. यमलाल लामिछाने, बर्दिया
    १४. वासुदेव घिमिरे, मकवानपुर
    १५. सगुन ताम्राकार, काभ्रे
    १६. प्रद्युम्न खड्का, काठमाडौ
    १७. दीपक कामी, सोलुखुम्बु
    १८. मोहम्मद जहागिर वैरगनिया, भारत
    १९. गोविन्दनाथ शर्मा, पर्वत
    २०. चन्द्र बयलकोटी, नुवाकोट
    २१. अनिल लामा
    २२. प्रा. हरिराज अधिकारी, दाङ, १२ भदौ ०६३
    २३. लालबहादुर विष्ट, डोटी
    २४. चक्रराज जोशी, डोटी
    २५. ताहिर अन्सारी, रौतहट
    २६. नवराज विष्ट, उदयपुर, निजामती कर्मचारी सहिद, ७ जेठ ०६४
    २७. पूर्णसिंह प्रधान, निजामती कर्मचारी सहिद, १८ असार ०६४
    २८. राजकुमार जोेशी, कर्मचारी सहिद, ३ भदौ ०६४
    २९. रामबाबुप्रसाद शर्मा, बारा, निजामती कर्मचारी सहिद, २८ कात्तिक ०६४
    ३०. प्रभुनारायण यादव, सप्तरी स्थानीय निकाय कर्मचारी सहिद, २८ कात्तिक ०६४
    ३१. रामवृक्ष यादव, रौतहट निजामती कर्मचारी सहिद, २० मंसिर ०६४
    ३२. मनोहरकुमार श्रेष्ठ, वीरगन्ज कर्मचारी सहिद, २६ पुस ०६४
    ३३. अरुणकुमार श्रेष्ठ, सिरहा शिक्षक सहिद, २७ माघ ०६४
    ३४. नागेन्द्रप्रसाद यादव, महोत्तरी शिक्षक सहिद, २७ माघ ०६४
    ३५. राजकुमार कामत, मोरङ, तराई मधेस आन्दोलन सहिद, २१ फागुन ०६४
    ३६. तलु हेमराम, मोरङ, २१ फागुन ०६४
    ३७. निर्मल राजवंशी, मोरङ, २१ फागुन ०६४
    ३८. सदानन्द यादव, मोरङ, २१ फागुन ०६४
    ३९. दिनदयाल मण्डल, मोरङ, २१ फागुन ०६४
    ४०. हरि मेहता, सुनसरी
    ४१. श्यामसुन्दर मेहता, सुनसरी
    ४२. रामएकवाल राय, सर्लाही
    ४३. आशिष अलि मिकरानी, सर्लाही
    ४४. रामनारायण साह, सर्लाही
    ४५. सञ्जयकुमार राय यादव, सर्लाही
    ४६. दिनेश राय यादव, सर्लाही
    ४७. महावीर साह, पर्सा
    ४८. दीपेन्द्र साह, पर्सा
    ४९. वीरबल मुखिया, पर्सा
    ५०. रमेशकुमार महतो, सिरहा
    ५१. वचेन यादव, सिरहा
    ५२. मोहम्मद अनिश, सिरहा
    ५३. प्रमोद सदा, सिरहा
    ५४. विजयकुमार सहनी, सिरहा
    ५५. शेख अब्दुल अनसनी, सिरहा
    ५६. मजिद मोहम्मद
    ५७. राजेशकुमार ठाकुर, धनुषा
    ५८. शिवशंकर यादव, धनुषा
    ५९. परवेज आलम, मोरङ धार्मिक सहिद, २० चैत ०६४
    ६०. फिरोज खान, मोरङ, धार्मिक सहिद, २० चैत ०६४
    ६१. कर्णबहादुर विक, सर्लाही, निजामती कर्मचारी सहिद, ९ जेठ ०६५
    ६२. सुरेशकुमार यादव, रौतहट, निजामती कर्मचारी सहिद, १९ असोज ०६५
    ६३. जितेन्द्रप्रसाद साह, स्थानीय निकाय कर्मचारी, सहिद २९ असोज ०६५
    ६४. मोहनप्रसाद मैनाली, पर्सा निजामती कर्मचारी सहिद, २९ असोज ०६५
    ६५. नारायण खड्का, वीरगन्ज संस्थान कर्मचारी सहिद, ८ कात्तिक ०६५
    ६६. श्रवणकुमार श्रेष्ठ, धनुषा, संस्थान कर्मचारी सहिद, ८ कात्तिक ०६५
    ६७. मुकुन्दप्रसाद खनाल, शिक्षक सहिद, ८ कात्तिक ०६५
    ६८. मोहम्मद हसरत अली, सप्तरी, निजामती कर्मचारी सहिद, ९ कात्तिक ०६५

    २१ भदौ ०७३ मा सहिद घोषणा भएकाहरू
    १. द्र्रौपदीदेवी चौधरी, मोरङ
    २. शिवु माझी, मोरङ
    ३. महादेव ऋषिदेव, मोरङ
    ४. राजेन्द्र राउत, सप्तरी
    ५. रामकृष्ण राउत, सप्तरी
    ६. वीरेन्द्र राम, सप्तरी
    ७. नागेश्वरप्रसाद यादव, सप्तरी
    ८. दिलीप साह, सप्तरी
    ९. राजकिशोर ठाकुर, रौतहट
    १०. मोहम्मद मैरुदिन, रौतहट
    ११. शेख तवर रेज, रौतहट
    १२. दिलीपकुमार चौरसिया, पर्सा
    १३. धर्मराज सिंह, पर्सा
    १४. शत्रुघ्न राउत कुर्मी, पर्सा
    १५. सोहन गुप्ता, बारा
    १६. दिननाथ साह, बारा
    १७. जयप्रकाश साह तेली, बारा
    १८. हिफाजत मिया अन्सारी, बारा
    १९. अमित कापर, महोत्तरी
    २०. रोहन चौधरी, महोत्तरी
    २१. राम विके यादव, महोत्तरी
    २२. रामशिलादेवी मण्डल, महोत्तरी
    २३. गणेश चौधरी, महोत्तरी
    २४. वीरेन्द्र बिच्छा, महोत्तरी
    २५. सञ्जय चौधरी, धनुषा
    २६. निकु यादव, धनुषा
    २७. दिलीप यादव, धनुषा
    २८. दुर्गेश यादव, रुपन्देही
    २९. विनोद लाकौल, रुपन्देही
    ३०. रञ्जना सिंह, रुपन्देही
    ३१. राजकुमार बराई, रुपन्देही
    ३२. नन्दनी पाण्डे, रुपन्देही
    ३३. कुन्दनकुमार पटेल, रुपन्देही
    ३४. सोमती मुराउ, रूपन्देही
    ३५. यमबहादुर बिसी, सुर्खेत
    ३६. टीकाराम गौतम, सुर्खेत
    ३७. गोपालसिंह रजवार, सुर्खेत
    ३८. हरिबहादुर कुँवर, जुम्ला
    ३९. टेकबहादुर सावत, कैलाली
    ४०. करण सिंह, बाँके
    ४१. राजाराम झा, महोत्तरी

    सोही आन्दोलनका क्रममा सहिद घोषणा गरिएका सुरक्षाकर्मीहरू

    १. लक्ष्मण न्यौपाने, प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल प्रहरी
    २. बलराम विष्ट, प्रहरी निरीक्षक, नेपाल प्रहरी
    ३. केशव बोहरा, प्रहरी निरीक्षक
    ४. श्याम खड्का, प्रहरी हवल्दार
    ५. जनक नेगी, प्रहरी हवल्दार
    ६. देवबहादुर पाण्डे, प्रहरी हवल्दार
    ७. लोकेन्द्र चन्द, प्रहरी जवान
    ८. थमनबहादुर विक, सशस्त्र प्रहरी सहायक निरीक्षक
    ९. ललित राउत, सशस्त्र प्रहरी हवल्दार
    १०. काशीराम कामी, सशस्त्र प्रहरी हवल्दार
    ११. रामबिहारी थारू, सशस्त्र प्रहरी हवल्दार

    रातोपाटीबाट साभार्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij