आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शहीद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

  • प्रकाशित मिति : आइतवार, माघ १६, २०७३



  • काठमाडौं । शहीद दिवसकै अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान शहीदको त्याग र बलिदानको परिणाम हुन् भनेकी छिन् ।

    उनले वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सके मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने उल्लेख गरेकी छिन् ।

    यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधान कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन शहीदको सपना र योगदान सधैं प्रेरणादायी हुने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन् ।

    राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीले अपनत्व महशूस गर्ने गरी सहकार्यका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना उनले गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij