आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शहीद गंगालालका भाइ भन्छन्, ‘नेताहरू शहीदको नाममा खेति गरिरहेका छन्’

  • प्रकाशित मिति : आइतवार, माघ १६, २०७३



  • काठमाडौँ । शहीद परिवारजनले राजनीतिक दलका नेताहरूले सहिदको र बलिदानीलाई अपमान र शहीदका नाममा राजनीतिक खेति गरिरहेको आरोप लगाएका छन् ।

    आईतबार रिपोर्टर्स नेपालले शहीद दिवसका अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा सहिद परिवारजनले वर्तमान राजनीतिक दलका नेताहरूले शहीदको नाममा खेति गरेर अपमान गरेको आरोप लगाएका हुन् ।

    शहीद गंगालाल श्रेष्ठका भाई विजयलाल श्रेष्ठले नेताहरूले ईतिहास भूलेपनि जनताले कहिल्यै नभुल्ने विश्वास व्यक्त गर्दै भने,‘नेताहरू शहीदको नाममा खेति गरिरहेका छन्, शहीदलाई धोका दिईरहेका छन्, मधेशको आन्दोलनमा मर्नेलाई ५० लाख दिने भनेर आदेश दिएर मानिस मारिरहेका छन्, के यहि हो ? लोकतन्त्रको सही अर्थ?’


    दाजु गंगालालको मृत्युको सम्झनामा विजयले भने,‘म ६ बर्षको थिएँ, १९९७ सालमा राणाको बिरुद्धमा दाजुको निर्मम हत्या भयो।’

    शहिद दिवसको अवसरमा राज्यले नसम्झे पनि क्लबका सभापति ऋषि धमलाले सम्झिने गरेकोमा धन्यवाद व्यक्त गर्दै श्रेष्ठले भने,‘यो देशमा देशभक्त कोही छ भने त्यो ऋषि धमला मात्रै छ, देश र जनताको लागि पत्रकारिताको माध्यमबाट जुन किसिमको बहस गरिरहनुभएको छ, यसलाई हामीलाई गौरवान्तित बनाएको छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु।’

    त्यस्तै दोस्रो जनआन्दोलनका शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले शहीद दिवसको अवसरमा शहीद परिवार मात्रै नभएर सम्पर्ण जनता दुःखित भएको बताए।

    उनले भने,‘यति लामो दुःख, सँघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र संस्थागत गर्नको लागि कोही पनि जिम्मेवार देखिएका छैनन्, हाम्रो प्रश्न छ, शहीदका लामा लामा सपनाहरूलाई कुल्चियौ ? किन शहीदको रगतलाई अपमान गर्यौ?राजनीति एकातिर जनता अर्कोतिर हुँदैछ, यसको सबै दोषी राजनीतिक दल र नेताहरूनै हुन्।’

    अर्का शहीद सगुन ताम्राकारकी आमा जया ताम्राकारले शहीद परिवारलाई राज्यले केही दिन नसकेको भन्दापनि देश र जनतालाई घात गरेकोमा चिन्ता व्यक्त गरिन् ।

    देशको आमुल परिवर्तन र जनताका हक अधिकारहरूको सुनिश्चितताको लागि निरङ्कुशताको बिरुद्धमा मैदान उत्रिएको छोरो गोलीको सिकार भएको दृश्यले मर्माहित बनेकी जयाले रुदै भनिन्‘हामीलाई केही चाहिदैन, देश र जनताको लागि संबिधान कार्यन्वयन गरेर देशलाई आत्मनिर्भरताको बाटोमा लैजानुस् नेता ज्यू, अनि मात्र शहीदको रगत र बलिदानिको सच्च कदर गरेको सम्झिनेछौँ।’

    शहीद प्रधुम्न खड्काकी श्रीमती प्रभा खड्काले बोल्न र भन्न चाहेका अनेकन शब्दहरूले गला अवरुद्ध बनाए। उनले आँशु पुच्दै आफ्नो श्रीमानको सपना आजको स्थिति आउने नभएको बताईन् ।

    दोस्रो जन–आन्दोलनका घाइते मेघराज आचार्यले जनताको लागि लोकतन्त्र भन्ने चिज कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको टिप्पणी गरे।

    उनले भने,‘म एउटा पत्रकार हुँ र त यस्तो हालत छ, आन्दोलनमा घाईते भएका अरु सामान्य नागरिकको के हालत होला? त्यो कल्पना पनि गर्न सकिदैन, हामी घाईतेलाई दिँदै आएको उपचारमा सरकारले कटौती गरेको छ, मेरो मुटुमा गोली लागेको छ, यसको सघन उपचार वीर अस्पतालमा नहुने हुँदा मेरो मृत्यु अनिश्चित छ, म चाहन्छु, मेरो मृत्यु गोलीबाटै होस्।’

    त्यस्तै अर्का घाईते ढाल बहादुर बस्नेतले वैदेशिक रोजगारमा जानको लागि ०६२ साल राजधानी आएको स्मरण गर्दै त्यही बेला जनआन्दोलन सुरु भएको र आन्दोलनमा होमिदा आधा जीवनको भएको बताए।

    उनले भने,‘मरेर जाने शहीद भएर जानुभयो, हामी घाईतेहरूलाई न त राज्यले उचित व्यबस्था गर्न सकेको छ, अर्कोतर्फ घरपरिवारले पनि राम्रो व्यबहार गर्दैैनन्, कहिलेकाँही त बिस खाएर मरौंजस्तो लाग्छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij