आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकार र मधेशी मोर्चाबीचको बैठक निश्कर्षविहिन

  • प्रकाशित मिति : सोमवार, माघ १७, २०७३



  • काठमाडौं । मधेसी मोर्चासहित सत्तारुढ दलको बैठक विना निश्कर्ष सकिएको छ । चुनावको मिति घोषणा गर्ने लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा मधेसी मोर्चा आफ्नो पुर्ववत अडानबाट पछि नहटेपछि बैठक विनानिश्कर्ष सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

    संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल केन्द्रीत भएपनि मोर्चाको अडानमा परिवर्तन नआउदा चुनावको मिति घोषणा गर्ने तयारीमा रहेको सरकार विलखबन्धनमा परेको छ ।

    मोर्चाले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने अडान राख्दै आएको छ ।

    बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधी, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केद्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु सहभागि थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij