आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत सरकारद्वारा हुलाकी सडक निर्माणको पहिलो किस्ताको २५ करोड रुपैयाँ हस्तान्तरण

  • प्रकाशित मिति : सोमवार, माघ १७, २०७३



  • भारत सरकारले हुलाकी सडक निर्माणको पहिलो किस्ताको रकम करिब २५ करोड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

    सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत रंजित रेल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई चेक हस्तान्तरण गरे।

    हस्तान्तरण गरिएको रकम चौबिस करोड सन्तानब्बे लाख दश हजार छ सय अन्ठ्ठानब्बे रुपैयाँ छ। पूर्व पश्चिम हुलाकी राजमार्गको १७ वटा सडक खण्ड मध्य १० वटा भारत सरकारको आर्थिक सहयोगमा र सात वटामा नेपाल सरकारको लगानी रहने छ।

    पूर्व पश्चिम राजमार्गको समानान्तर हुने गरी तराई मधेशको बीचबाट बन्ने यो सडक तराई मधेशको विकाशको लागि महत्वपूर्ण मानिन्छ। २९ वर्ष अघिदेखि चर्चामा रहेको यो सडक प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री भएर भारतको औपचारिक भ्रमण हुँदा हुलाकी राजमार्गलाई आर्थिक सहायता उपलब्ध गराई अगाडि बढाउने सम्झौता भएको थियो।

    यो हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले कूल आठ अर्ब आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij