आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तस्करका कारण त्रिशुली नदि कुरुप बन्दै

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  • निलो बग्ने त्रिशुली नदि केहि समययता धमिलो र रातो रङमा बग्न थालेको छ ।
    काठमाण्डौ पोखरा जोड्ने पृथ्वी राजमार्गसँगै बहने सुन्दर त्रिशुली नदि अन्य कारणले नभई जथाभावी ढुङगा र बालुवा निकाल्दा धमिलो र रातो बग्न थालेको हो ।

    नदि कुरुप बन्दै गैरहेकोे भन्दै स्थानियले चिन्ता ब्यक्त गरेका छन् ।
    ब्यक्तिगत स्वार्थमा केही बालुवा तस्करहरुले रातको समयमा जिल्ला प्रशासन कार्यालयबाट अनुमती नै नलिई सयौं ट्रक गिटी बालुवा झिक्ने गरेपछि त्रिशुली धमिलिएको हो ।

    पर्यावरणमा नै असर गर्ने यस कार्यमा स्थानिय राजनैतिक संगठनहरुको पनि संलग्नता रहेको बताईएको छ ।

    ‘राजनैतिक दलहरुले प्रकृतिलाई दोहन गरी भागबन्डा गरेर एकआपसमा बाँडीचुडी खाएकोले नै तस्करी रोक्न नसकिएको हो’ एक स्थानिय युवा भन्छन् ‘समयमा नै तस्करी रोक्न नसके त्रिशुलीको सुन्दराता हराउनुका साथै राज्यकोषमा जम्मा हुने राजश्व समेत हराउदै जानेछ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij