प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३
जाजरकोट । निर्माणाधीन जाजरकोट—जुम्ला सडकको खलङ्गा—पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु भएको छ ।
माओवादी केन्द्रका नेता पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले काम छिटो गर्नुहोस् बजेट अभाव हुँदैन भनेपछि स्तरोन्नतिको काम सुरु गरिएको हो । जिल्लाका दर्जनौँ सडकमा अहिले थप बजेटको व्यवस्था समेत गरिएको छ ।
सडक डिभिजनको एक करोड ९८ लाख लागतमा सडक निर्माण कार्य सुरु गरिएको छ । सडक निर्माणको जिम्मा मृत सन्जिवनी खड्का कृष्ण जेभी कन्स्ट्रक्सनले लिएको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो ।
खलङ्गा—पाँचकाटिया सडकखण्डभित्र रहेको २१ किलोमिटर दूरीमा एक लाख ३६ हजार घनमिटर माटो कटिङ, माटो फिलिङलगायतको काम गरिने ठेकेदार रत्न खड्काले बताए ।
हिउँदको समयमा यो सडकमा जिप र ट्र्याक्टर गुड्ने गर्दछन् । सडकको स्तर वृद्धि गर्न थालेपछि स्थानीय खुसी भएका छन् । सडकको स्तर वृद्धि नभएका कारण बर्सेनि स्थानीय समस्या भोग्दै आएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij