प्रकाशित मिति : बुधबार, माघ १९, २०७३
संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाई प्रक्रिया शुरु गरेको छ । समितिको बुधबार बसेको बैठकले प्रस्तावित आयुक्तहरुको सुनुवाइ प्रक्रिया अघि बढाएको हो। समितिले प्रस्तावित आयुक्तहरुको विरुद्धमा गुनासो वा उजुरी भए समितिमा पठाउन पनि आग्रह गरेको छ।
संवैधानिक परिषदले केही दिनअघि पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि आयुक्तहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। समितिले यसअघि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij