आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानन्यायाधीशबिरुद्ध बारको आन्दोलन फिर्ता

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७३



  • प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष सुशीला कार्कीको इजलास र अन्य कार्यक्रम समेत बहिस्कार गर्ने घोषणासहितको आन्दोलन नेपाल बार एसोशिएसनले फिर्ता लिएको छ । प्रधानन्यायाधीश कार्कीको उपस्थितिमा सर्वोच्च अदालतका तीन न्यायाधीश र पदाधिकारीको वार्ता ४ बुँदे सहमतिमा टुंगिएपछि उक्त आन्दोलन फिर्ता लिएको बारले जनाएको छ  ।

    प्रधानन्यायाधीश कार्कीले वार्ता टोली गठन गरेपछि बारले आफ्ना आन्दोलन स्थगित गरेको थियो ।

    आगामी दिनमा न्यायाधीश नियुक्ति समानुपातिक समावेसी बनाउन परिषद्को ध्यानाकर्षण गर्ने, बार बेन्च समन्वय समितिलाई क्रियाशील गराउने, संवैधानिक इजलास गठन गर्न परिषद्को ध्यानाकर्षण गर्ने र सर्वोच्च अदालतको उच्च स्तरीय न्यायिक समस्या समाधान समिति र बारले गठन गरेको अनुगमन गरेको अनुगमन समितिको नियमित बैठक गर्ने सहमति भएको हो ।

    न्यायाधीश हरिकृष्ण कार्की, अनिल सिन्हा, सपना मल्ल सर्वोच्चको तर्फबाट, बार अध्यक्ष शेरबहादुर केसी, सर्वोच्च बारका अध्यक्ष शैलेन्द्र दाहाल, बरिष्ठ अधिवक्ता हरिहर दहाल र हरि उप्रेतीबीच वार्ता भएको थियो ।

     तीन साताअघि न्यायपरिषद्ले उच्च अदालतमा गरेको न्यायाधीश सिफारिसमा असन्तुष्टि जनाउन जाँदा प्रधानन्यायाधीशले समय नदिएपछि रुष्ट बारले सोमबारदेखि उनी विरुद्ध आन्दोलन घोषणा गरेको थियो ।

    न्यायाधीश नियुक्तिमा असहमति बाहेक, सर्वोच्च अदालतमा पेशी व्यवस्थापन, पार्किङ व्यवस्थापन ,अदालतहरुले जारी गरेका निवेदनका ढाँचाहरु खारेजी लगायत १२ बुँदे  माग राखेर बारले प्रधानन्यायाधीशको इजलास बहिस्कार गर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij