आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बच्चा जन्मनासाथ अस्पतालको वार्डबाटै गायब

  • प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७३



  • वीरगञ्ज । नारायणी उपक्षेत्रिय अस्पताल विरगञ्जमा जन्मेको नवजात शिशु अस्पतालको वार्डबाटै गायब भएको पाइएको छ ।

    शुक्रवार विहान करिब ८ बजे डेलिभरी गराउन अस्पताल लगिएकी वीरगञ्ज छपकैया निवासी आशा देवीको छोरा अस्पतालको गाईनो वार्डबाटै गायब भएको हो ।

    विहान ११ बजे आशादेविले छोरा जन्माएपछि उनलाई वार्डमा राखिएको थियो । उनीसँगै सुत्केरी कुरुवा बसेकी उनकी सासु अस्पताल हाताबाहिर खानेकुरा किन्न गएको र आशादेवि निदाएको मौका छोपेर बच्चा चोरी भएको परिवारको दावी छ ।


    परिवारिक स्रोतका अनुसार आशादेवी निदाएको मौकामा वार्डमा छिरेकी अपरिचित महिलाले बच्चा बोकेर हिँडेकी थिइन् ।

    अपस्पतालका सुपरिटेण्डेन्ट चितरन्जन शाहले बच्चा हराउनुमा अस्पताल प्रशासनको कुनै दोष नभएको बताए । उनले भने, ‘बच्चा चोरी भएको सन्दर्भमा हामी जवाफदेही हुँदैनौं, परिवार आफैं जिम्मेवार हुनुपर्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij