आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोर्चासँग आज पनि छलफल गर्दै प्रधानमन्त्री

  • प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७३



  • काठमाडौ । मधेसी मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहिबेरमा छलफल गर्दैछन् ।

    छलफलका लागि प्रधानमन्त्री प्रचण्डले दिउँसो चार बजे मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएका छन् । आजको छलफलमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायत विषयमा कुराकानी हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १० गतेभित्र निर्वाचन गर्ने गरी तयारी थाल्न आयोगलाई पत्र पठाउने निर्णय गरेको थियो ।

    मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक टुंगो नलगाई सरकार निर्वाचन घोषणा गर्न अघि सरेर घोका दिएको आरोप लगाएको छ ।

    मोर्चाले संविधान संशोधन विधेयक पारित नभएसम्म र स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन परिमार्जन नगरेसम्म चुनावमा नजाने बताउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij