आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

के हुन्छ स्थानीय तह पुनर्संरचना प्रतिवेदन ?

  • प्रकाशित मिति : सोमवार, माघ २४, २०७३



  • काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमाथि अध्ययन गरी सुझाब दिन मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय समितिले दुई नम्बर प्रदेशका सांसदसँग छलफल गर्ने भएको छ । आइतबार पहिलोपटक बसेको समितिको बैठकले आवश्यकताअनुसार राजनीतिक दलसँग छलफल गर्ने निष्कर्ष निकालेको छ सुझाब समितिका संयोजक तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले भइरहेको बताए ।

    आयोगले पनि प्रतिवेदन तयार गर्नुअघि २ नम्बर प्रदेशका सांसदसँग छलफल गरेको थियो । सांसदहरूसँगको छलफलपछि आयोगले दुई नम्बरमा स्थानीय तहको संख्या र सीमा टुंगो लगाएको थियो । उच्चस्तरीय समितिले अध्ययनपछि सरकारलाई सुझाब दिने भएकाले प्रतिवेदन संशोधन गर्न समस्या हुने आयोगका एक सदस्यले बताए । उनका अनुसार आयोगबाहेक कसैले पनि प्रतिवेदन फेरबदल गर्न सक्दैन ।

    सरकारले के गर्न सक्छ ?
    समितिको सुझाबपछि सरकारले केही गर्न नसक्ने स्थानीय तह पुनर्संरचना आयोगको दाबी छ । आयोगका सदस्य माधव अधिकारीले अहिलेको प्रतिवेदन सरकारले कार्र्यान्वयन गर्ने र नमिलेको स्थानीय तहको सिमाना र संख्या स्थानीय तहको दोस्रो निर्वाचनभन्दा अगाडि मिलाउन सक्ने बताए ।

    किन समिति गठन ?
    प्रदेश नम्बर २ मा स्थानीयस्तरमा पुनर्संरचना आयोगबाट छलफल नभएको भन्दै सरकारले प्रतिवेदन अध्ययन गर्न समिति बनाएको हो । मधेसी मोर्चाले प्रतिवेदनप्रति असहमति जनाउँदै अध्ययन गर्न कार्यदल बनाउनुपर्ने माग गरेको थियो । मोर्चासँग छलफलपछि प्रधानमन्त्री प्रचण्डले कार्यदल बनाउने आश्वासन दिएका थिए । आयोगले धनुषा, सर्लाही, बारालगायतका जिल्लामा छलफल आयोजना गरेपछि असहमति जनाउने मोर्चाका नेताहरू सहभागी भएका थिएनन् । त्यसपछि आयोगले जिल्लाका सांसदसँग संयुक्त रूपमा काठमाडौंमा छलफल गरेको थियो । छलफलमा मोर्चाका केही सांसद पनि सहभागी थिए ।

    ‘समितिमा आइतबार पहिलो छलफल भयो । प्रतिवेदन तयार गर्दाका केही सैद्धान्तिक विषयमा छलफल ग¥यौँ । स्थानीय तह पुनर्संरचना आयोगलाई सरकारले दिएको मापदण्ड पनि हे¥यौँ । आमजनताको आकांक्षालाई सम्बोधन गर्न कति सकिन्छ भनेर हामीले हेर्ने हो । स्थानीय तहको संख्या, सीमा, नामांकनलगायतका विषयमा के गर्न सकिन्छ त्यसमा छलफल गर्छौँ । मन्त्रिपरिषद्ले अध्ययन गर्न कार्यदल बनाएकाले अध्ययनपछिको सुझाब मन्त्रिपरिषद्मा बुझाउँछौँ ।’ – नवीन्द्रराज जोशी, स्थानीय तह प्रतिवेदनसम्बन्धी सुझाब समिति सदस्य तथा उद्योगमन्त्री

    समितिको अधिकार क्षेत्र कस्तो छ ?
    सरकारी समितिले गाउँपालिका र नगरपालिकाको नाम परिवर्तन गर्न सक्छ ।

    गाउँपालिका र नगरपालिकाका वडाहरू हेरफेर गर्न सक्ने अधिकार पनि सरकार र सरकारले बनाएको उच्चस्तरीय समितिलाई हुन्छ ।

    उच्चस्तरीय समितिले गाउँपालिका र नगरपालिकाको केन्द्र परिवर्तन गर्न सक्नेछ ।

    उच्चस्तरीय समितिले स्थानीय तह पुनर्संरचना आयोगले तय गरेको स्थानीय तहको संख्यामा परिवर्तन गर्न सक्दैन ।

    समितिले स्थानीय तहको सीमा पनि फेरबदल गर्न सक्दैन ।

    जेठभित्र स्थानीय तहको निर्वाचन गर्न फागुनको पहिलो सातासम्म स्थानीय तह पुनर्संरचना प्रतिवेदन निर्वाचन आयोगलाई आवश्यक पर्छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार मतदाता नामावली र मतदानस्थल टुंगो लगाउन प्रतिवेदन आवश्यक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij