प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३
काठमाड । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान संसोधन भएपछि मात्र स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आदिबासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरकारले असन्तुष्ट सबै पक्षको माग पूरा गर्न संविधान संसोधनको प्रक्रिया अघि बढाएकाले समस्या समाधान गरेर मात्र निर्वाचन गर्ने स्पष्ट पारे ।
उनले संविधानको स्वीर्कायता बढाएर मात्र निर्वाचन गर्ने सरकारको तयारी रहेको बताए । मन्त्री पाण्डेले सबै पक्षले निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन लागि परेकोसमेत स्पष्टिकरण पनि दिए ।
मन्त्री पाण्डेले अब हुने हरेक तहका निर्वाचनमा समावेसी प्रतिनिधित्व हुने बाध्यात्मक कानुनी व्यवस्था गरेको पनि स्मरण गराए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij