आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आईजीमा तीव्र विवाद

  • प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३



  • काठमाडौ  ।  नयाँ प्रहरी प्रमुखको छनोटलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकै पार्टीका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच तीव्र मनमुटावले सार्वजनिक आकार लिँदै गएपछि बिहीबार यससम्बन्धमा अपेक्षा गरिएको क्याबिनेट निर्णय सर्ने संकेत देखा परेको छ ।

    बुधबार देउवा, निधि र कंग्रेसकै अर्का मन्त्री डा.प्रकाशशरण महतबीच वार्ता भएपछि देउवा तथा निधिबीचको मतभेद केही कम भएको र आवश्यक समझदारी निर्माणपछि मात्र यसबारे निर्णय लिने सहमति पनि दुई नेताबीच बनेको उच्च स्रोतले अन्नपूर्णसँग बतायो । सोमबार आफ्नै निवास बूढानीलकण्ठमा देउवाले जुनसुकै अवस्थामा पनि तेस्रो वरीयताका डीआईजी जयबहादुर चन्द आईजीपी बन्नुपर्ने धारणा राखेपछि निधिले पहिलो वरीयतामा रहेका डीआईजी नवराज सिलवाललाई वञ्चित गर्दा घोर अन्याय हुने भन्दै न्याय र पारदर्शिता प्रदर्शन गर्न सभापतिसँग आग्रह गरेका थिए ।

    आक्रोशित देउवाले चन्दलाई आईजीपी नबनाउने हो भने गृहमन्त्रीबाट निधि स्वयं हट्नुपर्ने प्रतिक्रिया दिएपछि निधिले अन्यायको साटो मलाई आफ्नो पदत्यागको विकल्प मञ्जुर छ भन्दै देउवा निवासबाट बाहिरिएका थिए । त्यसको केही दिनअघि स्ववियु निर्वाचनसम्बन्धी भएको कांग्रेस पदाधिकारी बैठकमा औपचारिक एजेन्डाको समाप्तिपछि पनि आगामी प्रहरी प्रमुख को भन्ने प्रश्न उठेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij