आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसरी चल्दै छ विदेश सम्बन्ध: भारत र चीनसँगको उपलब्धि के ?

  • प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३



  • k|d bfxfn / ef/tLo k|d df]bL b'j} d'n'ssf zLif{ txdf x'g] låkIfLo pRr:t/Lo e]63f6sf nflu ef/tLo k|wfgdGqLsf] sfof{no x}b/fjfb xfp;df k|wfgdGqL k'iksdn bfxfn / ef/tLo k|wfgdGqL g/]Gb| df]bL . tl:a/ M xl/ nfld5fg], gofFlbNnL, /f;;

    काठमाडौं । भारतसँगको सम्बन्ध सुधार्न सफल भए पनि त्यो विषयमा देशलाई एकमत बनाउन सरकार असफल भएको छ ।

    भारतसँग उपलब्धि
    – भारतीय सहुलियत ऋणमा महाकाली पुल तथा सिँचाइ परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) टुंग्याउने सहमति

    – तराई रोड दोस्रो तथा अन्य केही परियोजनाका लागि नयाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय

    – विराटनगर–जोगबनी तथा बर्दिबास–बिजलपुरा–जयनगर गरी दुईवटा सीमापार रेल्वे परियोजना चाँडै सम्पन्न गर्ने सहमति

    – तीनवटा अन्य सीमापार रेल्वे परियोजना (नेपालगन्ज–नेपालगन्ज रोड, काँकडभिट्टा–न्यु जलपाइगुडी तथा भैरहवा–नौतनहवा ) चाँडै नै सुरुवात गर्ने सहमति

    – हेटौँडा पोलिटेक्निक निर्माण कार्य चाँडै सुरुवात गर्ने सहमति

    – पुनर्निर्माणका लागि भारत सरकारले दिएको अनुदान तथा ऋणका परियोजनालाई चाँडै नै टुंग्याइने सहमति

    – भारतीय पूर्वाधार तथा सडकका कारण नेपाली सीमावर्ती गाउँ र बजारहरूको डुबानबारे नेपालले चासो राख्दा समस्या देखिएका ठाउँमा संयुक्त निरीक्षण गर्न दुवै पक्ष सहमत

    चीनसँग उपलब्धि
    – नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको आउटलाइनमा सहमति । नेपालले मस्यौदा प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई राय–सुझाबका लागि पठाउने सहमति । यसबारे वाणिज्य मन्त्रालयसँगको समन्वयमा अन्तिम मस्यौदा तयार हुँदै ।

    – कार्गो यातायातसम्बन्धी प्रोटोकलमा तिब्बत हुँदै नेपालका उत्तरी जिल्ला जाने नयाँ मार्ग थप गर्नेलगायतका विषयमा छलफल ।

    – पुनर्निर्माणका लागि चीनले दिने भनेको ३ अर्ब चिनियाँ युआनमध्ये रसुवागढी–स्याफ्रुबेसी सडकको मर्मतसम्भार, निजामती अस्पतालको स्तरोन्नतिलगायतका परियोजनामा खर्च हुने रकम उपलब्ध गराउने समझदारीपत्रमा चीनका लागि नेपाली राजदूत तथा चिनियाँ वाणिज्य मन्त्रालयका पदाधिकारीबीच हस्ताक्षर ।

    – तिब्बतका राजमार्ग उपयोगसम्बन्धी प्रोटोकलमा चिनियाँ पक्षबाट मस्यौदा प्राप्त भएको र चीनलाई जवाफ पठाउने तयारी । छिट्टै नेपालमा सशोधित प्रोटोकलमा छलफल गरी हस्ताक्षरका लागि नेपालमा बैठक आयोजना गर्ने सहमति ।

    परराष्ट्र मन्त्रालयका असफलता
    राजदूत नियुक्ति हुन सकेको छैन
    १३ नियोगमा राजदूत खाली भएको तीन वर्ष भयो । अघिल्ला सरकारजस्तै यो सरकार पनि नियुक्तिमा पछि परेको छ । भारत र चीनका लागि राजदूत भने नियुक्त भएका छन् । परराष्ट्रका एक अधिकारी भन्छन्, ‘यो दुवै छिमेकीलाई समान प्राथमिकता र महत्व दिएको सन्देश हो ।’

    चीन र मंगोलियन नेताको एकैदिन भ्रमण
    चिनियाँ नेता लिउ छिपाओ र मंगोलियाका विदेशमन्त्री चेन्द मुख अर्गिलको भ्रमण एकैदिन ३ पुसमा भयो । जब कि दलाई लामाले मंगोलिया भ्रमण गरेकोमा चीनले मंगोलियामा नाकाबन्दी लगाएको थियो । तर, मंगोलियाका विदेशमन्त्रीको भ्रमण एक महिनाअघि र चिनियाँ नेताको भ्रमण एक साताअघि तय भएको परराष्ट्रमन्त्रीको भनाइ ।

    विदेश नीति परिमार्जन गर्ने कार्यदल बनेन
    विदेश नीति परिमार्जनसम्बन्धी कार्यदल बनाउने परराष्ट्रमन्त्रीको प्रयास एमालेले सहमति नजनाएपछि सफल हुन सकेन । यद्यपि उनले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान पुनर्संरचनाका लागि पूर्वराजदूत डा. दिनेश भट्टराई संयोजकत्वको गठित कार्यदलले प्रतिवेदन बुझाउँदै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij