आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विवादले राप्रपा जुम्लाको अधिवेशन लम्बियो

  • प्रकाशित मिति : शुक्रबार, माघ २८, २०७३



  • जुम्ला । यही माघ २५ गतेदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको पदाधिकारी विवादले जिल्ला अधिवेशन लम्बिएको छ ।

    अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी प्रवक्ता अङ्गतप्रसाद देवकोटाले जानकारी दिए ।

    राप्रपाको पहिलो एकता अधिवेशनले माघ २५ गतेदेखि सहमतिका लागि गरेको प्रयासमा पदाधिकारी चयन गर्न नसकेपछि आजसम्मका लागि अधिवेशन लम्बिएको प्रवक्ता देवकोटाले बताए ।

    उनका अनुसार आज बिहान ११ बजेसम्म पदको टुङ्गो लगाउने र त्यसपछि मात्र सबै पदाधिकारीको सूची सार्वजनिक गरिनेछ । समावेशी जिल्ला कार्यसमितिसहित मनोनीत र अन्य सदस्य चयनका लागि अहिले पनि छलफल प्रक्रिया जारी रहेको राप्रपा जुम्लाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij