आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्ववियू चुनाव नरोक्न बिप्लवलाई नविनाको आग्रह

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३



  • काठमाडौं । अनेरास्ववियू अध्यक्ष नविना लामाले स्ववियू चुनाव प्रभावित नगर्न नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग आग्रह गरेकी छिन् । शनिवार साँझ विप्लवलाई भेटेर लामाले यस्तो आग्रह गरेकी हुन् ।

    ‘मैले बिप्लव कमरेडलाई भेटेर मिति तय भएको र तयारी पुरा भएको स्ववियू चुनाव प्रभावित नगर्न आग्रह गरेँ । उहाँले आफु स्ववियू चुनावको पक्षमै रहेको तर आफ्नो पार्टीको महाधिवेशनको बन्दसत्र रोल्पामा हुने भएकाले चुनावी तयारीमा समस्या रहेको बताउनुभयो ।’ लामाले भनिन्, ‘त्यहीँ पनि उहाँले यस विषयमा पार्टीभित्र थप छलफल गर्ने बताउनुभएको छ ।’

    भेटमा बिप्लवले राष्ट्रियताका विषयमा अनेरास्ववियूले खेलेको भूमिकालाई स्वागत गरेको लामाको भनाई छ । यही फागुन १४ गते स्ववियू चुनाव हुँदैछ । तर, पूर्ण समानुपातिक लगायतका माग राखेर विप्लव माअ‍ोवादीसहितका केही विदार्थी संगठनले क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij