आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देशलाई बचाउने भए चुनाव गर्नुपर्ने: नेता कोइराला

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३



  • दाङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्ने बताएका छन् ।

    नेपाली काँग्रेस क्षेत्र नं– ४ दाङले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालले २०७४ माघभित्र तिनै तहको चुनाव नभए देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने भए चुनाव गर्नुपर्ने विचार व्यक्त गरे ।

    उनले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउनसक्ने बताए । कोइरालाले त्यसको लागि काँग्रेस जिम्मेवार र ठूलो पार्टी भएकाले काँग्रेसले पहल थाल्नुपर्ने धारणा राखे ।

    कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताए ।

    नेता कोइरालाले गणतन्त्र पनि सुरक्षित नभएकाले गणतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेस लाग्नुपर्ने बताए । उनले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको विचार राखे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij