प्रकाशित मिति : सोमवार, फाल्गुन २, २०७३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वातावरण मन्त्रालयको प्रस्तावविपरीत गिट्टी, ढुंगा र बालुवालगायतको निर्माण सामाग्री भारत निकासी फुकुवा गर्ने तयारी गरेको खबर आजको कान्तिपुरमा छ ।
क्रसर, गिट्टी, ढुंगा र बालुवा व्यवसायीको प्रलोभवनमा परेर प्रधानमन्त्री दाहालले चुरे क्षेत्रबाटै उत्खनन् गरी नदीजन्य पदार्थ निकासी फुकुवा गर्ने अन्तिम गृहकार्य गरेका हुन ।
चुरेक्षेत्रको अत्यधिक दोहन भएको भन्दै सरकारले २०७१ साउनदेखि गिट्टी, ढुंगा र बालुवालगायत निर्माण सामाग्री निकासी रोकेको थियो । ‘हामीले भारत निकासी खोल्नु हुँदैन भनेर प्रष्ट भनेका छौं,’ वातावरण मन्त्रालय स्रोतले भन्यो, ‘तर, प्रधानमन्त्रीले त्यसविपरीत निर्णय गर्न दबाब दिएको देखिन्छ ।’
वातावरणले खोला–नदीको किनार, राजमार्ग, पुल, मठ मन्दिर, सम्पदा, निकुञ्ज–आरक्षलगायतको ५ सय मिटरसम्म क्रसर सञ्चालनका साथै गिट्टी, ढुंगा र बालुवा संकलन गर्न दिन नमिल्ने प्रस्ताव गरे पनि प्रधानमन्त्री दाहालले ५० मिटर मात्र कायम गरेर निर्णय गराउन दबाब दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij