आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइतबार चुनाव मिति घोषणा गर्ने तयारी : प्रधानमन्त्री, देउवा र ओली भेटवार्तामा के भयो ?

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • काठमाडौं । स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् ।

    बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल भएको थियो । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले अव निर्वाचनको मिति घोषणामा सरकारले ढिलाई नगर्ने भन्दै ८ फागुनमा मिति घोषणा गरेर अगाडि बढ्नेबारे जानकारी गराएका थिए ।

    ‘अव निर्वाचन मिति घोषणामा सरकारले ढिलाई गदैन,’ बैठकमा प्रधानमन्त्री प्रचण्डको भनाई उदधृत गदै उनको नीजि सचिवालयले भन्यो, ‘निर्वाचन आयोगलाई तयारी गर्न सरकारले पत्राचार गरिसकेको छ, अव निर्वाचन मिति पनि घोषणा गरेर सरकार अगाडी वढ्छ ।’ संविधानको वाध्यकारी ब्यवस्था अनुसार सरकारले आगमी ७ माघ भित्रै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउनुपर्ने छ ।

    यसअघि माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठको निवास हात्तिवनमा २८ माघमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीस“ग फागुन पहिलो साताभित्रै निर्वाचन मिति घोषणा गर्ने बताएका थिए । मंगलवार साझको बैठकमा प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा वारो सत्ता साझेदार दल काग्रेसको पनि धारणा वुझन खोजेका थिए ।

    बालुवाटर बैठकअघि राष्ट्रपतिनिवासमा प्रचण्ड–ओली भेट
    प्रमुख तीन शीर्ष नेताहरूको बालुवाटार बैठक मंगलबार बिहान तय भएको थियो । राष्ट्रपतिनिवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटपछि प्रधानमन्त्रीले साँझ बालुवाटारमा कांग्रेस सभापति देउवासहितको बैठक बोलाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सीमाअनुसार निर्वाचनका विषयमा प्रमुख दलहरूको लिखित ध्यानाकर्षण गराएको भोलिपल्टै प्रधानमन्त्री र ओलीलाई छलफलका लागि डाकेकी थिइन् ।

    उनले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई संविधानको बाध्यकारी अवस्थाका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै अविलम्ब निर्वाचनको बाटोमा अघि बढ्न सुझाएकी थिइन् । राष्ट्रपतिसँगको छलफलमा प्रधानमन्त्रीले आफू ८ देखि ११ फागुनभित्रै निर्वाचनको मिति घोषणा गर्न तयार रहेको, तर एकपटक कांग्रेस सभापति देउवासँग पनि छलफल गर्नुपर्ने बताएका थिए । सोही कारण साँझ तीन शीर्ष नेताहरूको छलफल कार्यक्रम तय भएको हो । राष्ट्रपतिनिवासमा प्रधानमन्त्रीसँग भएको छलफलबारे एमाले अध्यक्ष ओलीले पार्टी स्थायी समिति बैठकमा समेत ‘ब्रिफिङ’ गरेका थिए ।

    ‘प्रधानमन्त्रीले ८ देखि ११ फागुनसम्म निर्वाचनको मिति घोषणा गर्न तयार रहेको बताउनुभएको छ, तर कांग्रेससँग छलफल गरौँ भन्नुभएको छ,’ पार्टी बैठकमा मंगलबार बिहानको राष्ट्रपतिनिवासमा भएको छलफलबारे ओलीले भने ।

    प्रचण्ड लचक, देउवा अडानमै
    संविधान संशोधनपछि निर्वाचनको मिति घोषणा वा निर्वाचन मिति घोषणापछि संशोधन भन्ने विषयमा राजनीति अल्झिरहेका वेला प्रधानमन्त्री केही लचक देखिएका छन् । उनी अब निर्वाचनको मिति घोषणापछि संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लचक देखिएका छन् । तर, कांग्रेस सभापति देउवा संशोधन प्रक्रिया अगाडि बढाएर मात्रै मिति घोषणा गर्नुपर्ने पक्षमा थिए ।

    सोमबार राष्ट्रपतिनिवासमा भएको सात दलको छलफलमा पनि देउवाले संशोधन गर्न एमालेले सहयोग गर्नुपर्ने भन्दै संशोधनमा समर्थन गरेकै भोलिपल्ट चुनाव घोषणा हुने बताएका थिए । मंगलबार साँझको बैठकमा समेत देउवा सोही अडानमा देखिएको स्रोतको भनाइ छ । तर, प्रधानमन्त्री भने संविधान संशोधन प्रस्ताव र निर्वाचनको मिति सँगसँगै घोषणा गरेर जान तयार देखिएका छन् ।

    मंसिरअघि तीनै तहको निर्वाचन गर्न एमालेद्वारा ध्यानाकर्षण
    प्रमुख प्रतिपक्ष एमालेले आगामी मंसिरअगावै तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेको छ । स्थायी समितिको मंगलबार बसेको बैठकले स्थानीय तह, प्रदेश र संसद्सहित तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले त्यसका लािग आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन पनि आग्रह गरेको छ । एमालेले तत्काल निर्वाचन मिति घोषणा नभए सरकारको औचित्य समाप्त हुने बताउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij