आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राप्रपा महाधिवेशनः ५० प्रतिशत बढि प्रतिनिधि काठमाडौंमा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौँमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन् ।

    देशका विभिन्न स्थान तथा प्रवासबाट समेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउने क्रम सुरु भएको हो । देशभरबाट तीनहजार तीनसय १५ प्रतिनिधि छनोट भएका छन् ।

    धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्य सम्पन्न भइसकेको र आयोजनाको कार्य सुरु भइरहेको जानकारी दिए ।

    प्रतिनिधिको नाम, छनौट स्थान तथा तह अनुसारको परिचयपत्र बनाउने कार्य सम्पन्न भइसकेको पार्टीले जनाएको छ । पार्टीको विधान, राजनीतिक दस्ताबेज र आर्थिक कार्यपत्र छपाइका कार्य पनि सम्पन्न भइसकेका छन् ।

    यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने महाधिवेशनमा आउने प्रतिनिधिलाई आवास तथा भोजनको व्यवस्था पार्टीले मिलाएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

    यसैगरी, अध्यक्षसहित एकसय ६१ सदस्यीय कार्यसमितिका लागि विधान संशोधन भइसकेको छ । अध्यक्ष पदमा कमल थापाको नाममा सर्वसम्मति जुटेकाले सो पदका लागि चुनाव गर्नु नपर्ने भएको छ । अब केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ ।

    यसपटकको एकता महाधिवेशनमा पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र केन्द्रीय अध्यक्ष कमल थापाबीच प्रतिस्पर्धा हुने भनिएको भए पनि पछिल्लो समयमा शीर्ष नेतृत्वको प्रयासमा महाधिवेशन हुनुअगावै सर्वसम्मत नेतृत्व चयन गरिएको सहप्रवक्ता राजाराम वर्तौलाले जानकारी दिए ।

    तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते एकीकरण भएपछि तीन महिनाभित्र गर्न लागिएको महाधिवेशनमा काठमाडौँ, ललितपुर र भक्तपुरमा महाधिवेशनको प्रचारप्रसार बिहिबारदेखि सुरु गरिएको छ ।

    पार्टीले हिन्दू राष्ट्र, राजतन्त्र र स्थानीय स्वायत्त शासनको पक्षमा महाधिवेशन केन्द्रित गर्ने भएको छ । तत्कालीन राप्रपा नेपालले हिन्दू राष्ट्र, राजतन्त्र र सङ्घीयतामा जनमत लिएर निर्णय गर्नुपर्ने अडान राख्दै आएकाले पनि अहिले एकीकृत राप्रपालाई सोही मार्गमा हिँडाउने भएको छ ।

    माइकिङ, प्रचार सामग्री वितरण तथा काठमाडौँ उपत्यकाका तीन सहरका विभिन्न स्थानमा पार्टीको झन्डा झुन्ड्याउने कार्य प्रारम्भ गरिएको छ । महाधिवेशनका लागि पाँच लाख झन्डा निर्माण गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij