आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोल्पामा कस्तो संयोग : थवाङमा विप्लव, लिवाङमा प्रचण्ड

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३



  • काठमाडौं  ।जनयुद्धको उदगम थलो रोल्पामा आज अनौठो संयोग परेको छ । जनयुद्ध विसाएर संसदीय राजनीतिक अभ्यास गरेका प्रधानमन्त्री एव्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रोल्पा सदरमुकाम गएका छन् ।
    दोस्रो जनयुद्धको खाँचो देखेका नेत्रविक्रम चन्द विप्लव थवाङमा बसेर भावी क्रान्तिको नक्सा बनाउँदैछन् ।

    प्रचण्डको रोल्पा किन गए ?
    –रोल्पा महोत्वस उद्घाटनका लागि प्रधानमन्त्री रोल्पा सदरमुकाम लिवाङ पुगेका हुन् ।
    –रोल्पा पुगेर उनले कार्यलय प्रमुखहरुसँग भेट गरे र पूँजीगत खर्च बढाउन निर्देशन दिए ।
    –जनतालाई सुशासनको अनुभूति दिनेगरी काम गर्न प्रचण्डले निर्देशन दिएका छन् ।
    –पार्टी कार्यकर्तासँग भेट गरेर प्रचण्डले स्थानीय तहको चुनावको तयारीमा लाग्न पनि निर्देशन दिएका छन् ।
    –प्रचण्ड कुनै राजनीति मुद्दाका लागि भन्दा पनि प्रधानमन्त्रीको हैसियतमा महोत्सव उद्घाटन गर्न गएका हुन् ।
    बन्दसत्रमा विप्लव
    –विप्लव थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनमा भाग लिन त्यहाँ गएका हुन् ।
    –फागुन ४ गते थवाङ पुगेका उनले हिजो बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
    देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएका छन् ।
    भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।
    –आज महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल शुरु भएको छ ।
    –फागुन १ गते काठमाडाँैको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गतेसम्म चल्ने छ ।
    –जसले विप्लव माओवादीको नाम परिवर्तन गर्नेछ र भविष्यको राजनीति क्रान्तिको खाँका पनि कोर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij