प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३
काठमाडौं । फागुन १८ मा हुने स्ववियू निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनले उम्मेद्वार घोषणालाई त्रीव पारेका छन् ।
यही क्रममा अखिल क्रान्तिकारीका तर्फबाट बुटवल बहुमुखी क्याम्पसमा सभापतिको उम्म्देवारमा गणेश खनाललाई अगाडि सारिएको छ । 
सो संगठनका बुटवल बहुमुखी क्याम्पसका क्रान्तिकारीका नेता टेकराज रेग्मीले सभापतिमा खनाललाई सभापतिका लागि उम्मेद्वार बनाइएको र उनको बलियो रहेको दावी गरे ।
यस अघि क्रान्तिकारीले १०१ क्याम्पसमा सभापतिका उम्मेदवार घोषणा गरेको थियो ।
त्यसै गरी पोखरा बन विज्ञान क्याम्पसमा रोहितराज झालाई क्रान्तिकारीले सभापतिको उम्मेद्वार बनाएको छ ।
सचिवमा योगेश पन्त र कोषाध्यक्षमा सोनम भट्टराई उक्त कलेजका स्ववियू चुनावका लागि उम्मेद्वार रहेको क्रान्तिकारी क्याम्पस इकाई कमिटिले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij