आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीके राउतका कार्यकर्ताले प्रहरीलाई घाइते बनाए

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३



  • रुपन्देही । रुपन्देहीको मझगवामा सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । शनिबार दिउँसो मझगवास्थित मर्चवार उच्च माविको प्रांगणमा आमशभा गर्ने तयारी गरेको कार्यत्रर्तालाई प्रहरीले अवरोध गरेको थियो ।

    हामीले रोक्न खोज्दा प्रदर्शनकारीले आक्रमण गरे, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले भने । स्वतन्त्र मधेसको माग गर्दैै पूर्वतयारीअनुसार गरिएको कार्यक्रमलाई अवरोध गर्न प्रहरी परिचालन गरिएको थियो ।

    गएको वर्ष सोही स्थानमा आमसभाका गरेको सिके राउत कार्यकर्ताले अहिले पनि त्यही स्थानलाई छनोट गरेका थिए । आमसभाका लागि केही दिन यता पर्चा पम्प्लेट टाँसिएका थिए ।

    टाँसिएका पम्पप्लेट प्रहरीले हटाएको थियो । स्वतन्त्र मधेशको माग गर्नु राष्ट्रियता विपरीत भएपछि प्रहरीले अवरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता वेलबहादुर पाण्डेले झडपमा केही प्रहरी घाइते भएको जानकारी दिए ।

    झडपमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक डम्बर श्रेष्ठ सहितका प्रहरी हवल्दार र जवान घाइते भएका छन् । प्रहरीले गठबन्धनका २१ जना कार्यबर्तालाई नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij