प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३
कमल खड्का , रसुवा । धैवुङ ५ कालिकास्थानका प्रसिध्द समाजसेवी एबं नेपाली काँग्रेस रसुवाका पूर्व जिल्ला सदस्य सीता अधिकारी आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
उहाँलाई एमालेका महासचिव ईश्वर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउनुभएको हो ।
‘एमालेले हाल लिएको राष्ट्रवादी अडान सही भएकाले’ आफू पार्टी प्रवेश गरेको अधिकारीले बताउनुभयो । महासचिव पोखरेलले एमालेका पक्षमा देशव्यापी जनलहर पैदा भएको जिकिर गर्दै पार्टी नेपाली जनताका प्रतिनिधिले जारी गरेको संविधान कार्यानवयनको पक्षमा दृढतापूर्वक उभिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधान संशोधनका नाममा औचित्यहीन प्रस्ताव स्विकार्न सकिँदैन, संविधान जलाउने र च्यात्ने तथा संविधानको आत्मा मार्ने काम गर्न पाइँदैन, एमाले त्यसको विपक्षमा छ ।”
एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अधिकारीलाई अखिल नेपाल महिला सङ्घमा उचित जिम्मेवारी दिइने जानकारी दिनुभयो । अधिकारी काँग्रेस निकट महिला सङ्घका रसुवा जिल्ला सचिव पनि हुनुहुन्थ्यो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij