प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७३
गौर । तस्करीमा संलग्न व्यक्तिलाई समेत एमालेले पार्टीमा प्रवेश गराउन खोजेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।

एमालेले गौरमा आजका लागि राखेको पार्टी प्रवेश कार्यक्रममा एमाले नेता माधव नेपाल सहभागि हुने कार्यक्रम रहेको छ ।
उनी कार्यक्रमस्थल तर्फ नआउँदै मोर्चाका कार्यकर्ताले विरोध गर्दै गर्दै कार्यक्रम विथोल्ने प्रयास गरेको सहकर्मी सञ्जय मिश्राले जनाएका छन् ।
उनका अनुसार मार्चाका कार्यकर्ताहरुले हातमा कालोझण्डा लिएर प्रदर्शन गरिरहेका छन् भने हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गरी बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल भने चन्द्रनिगाहपुरबाट केहिबेरमा गौर पुग्ने कार्यक्रम रहेको छ ।
आजको पार्टी प्रवेश कार्यक्रमबाट केहि विवादास्पद व्यक्तिसहित दर्जनौं व्यक्ति एमाले प्रवेश गर्ने तय भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij