प्रकाशित मिति : मङ्लबार, फाल्गुन १७, २०७३
काठमाडौं । राप्रपाको दोस्रो केन्द्रीय समितिको बैठक बिहिबारको लागि बोलाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, संविधान संशोधन, स्थानीय चुनावलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
ति नेताका अनुसार बैठकमा पदाधिकारी मनोनयनका विषयमा समेत छलफल हुने छ । राप्रपाको महाधिवेशनबाट अध्यक्षमा कमल थापा र ९८ केन्द्रीय सदस्यमात्रै चयन चरिएकाले बाँकी पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा मनोनयन गरिने प्रावधान छ ।
अध्यक्ष थापाले १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको भएपनि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य पदमा मनोनयन गर्न बाँकी छ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij