आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भोट हाल्न नपाएको झोंकमा क्याम्पसमा तोडफोड

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७३



  •  बर्दिया । नेपाल विद्यार्थी संघको अवरोधका कारण बबई बहुमुखी क्याम्पस, गुलरियामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ ।

    नेपाल विद्यार्थी संघले निर्वाचन अवरोध गरेपछि मतदानका लागि गएका विद्यार्थीहरुले मतदान गर्न नपाएको झोंकमा बुधबार क्याम्पसमा तोडफोड गरेका छन् ।

    टाढा–टाढाबाट मतदान गर्न क्याम्पस आउँदा निर्वाचन स्थगित भएको खबरले आक्रोशित बनेका विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेका हुन् ।

    क्याम्पसका कर्मचारी, प्राध्यापकलगायत निर्वाचन समितिका पदाधिकारीहरुसमेत सम्पर्कमा नरहेपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए ।

    विद्यार्थीहरुले यथाशक्य चाँडो निर्वाचन गर्नुपर्ने माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij