आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुनाव चिह्नको विषयलाई लिएर राप्रपाभित्र चर्को विवाद

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७३



  • काठमाडौं । चुनाव चिह्नको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चर्को विवाद भएको छ ।

    राप्रपाको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष कमल थापा र नेता प्रकाशचन्द्र लोहनीबीच चुनाव चिह्नको विषयलाई लिएर विवाद भएको हो ।

    अध्यक्ष थापाले पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने बताएका थिए भने नेता लोहनीले हलोलाई चुनाव चिह्न बनाउनुपर्ने माग गरेका थिए । यस विषयमा सदस्यहरुबीच पनि चर्को विवाद भएपछि बैठकले ठोस निर्णय गर्न सकेन ।

    बैठकमा अध्यक्ष थापाले संविधान संशोधनको विषयमा सरकारले आफ्नो पार्टीसँग कुनै छलफलसमेत नगरेकाले समर्थन गर्न नसकिने बताए ।

    उनले मधेसी मोर्चालगायतका दलहरुलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गराउनुपर्ने र त्यसो हुन नसके मुलुक अप्ठ्यारोमा जानेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij