आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुरू भयो एमालेको मेची महाकाली यात्रा

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २१, २०७३



  • अवरोध गरे एमालेले कडा जवाफ दिने, संयमित भएर अगाडि बढ्न अध्यक्षको आग्रह, सुरक्षा व्यवस्था अत्यान्त कडा

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन लक्षित मेची-महाकाली अभियान झापाबाट सुरू गरेको छ।

    ‘सुखानीका सहिद दिवस’ को दिन पारेर आजदेखि तराईकेन्द्रित १५ दिने मेची महाकाली राष्ट्रिय अभियान ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान : राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको काँकडभिट्टाबाट सुरू एमालेको अभियान सुरू भएको छ।

    स्थानीय साल्बारी, सुखानी, गरामनी र ज्यामिरगढीमा अलग अलग कार्यक्रम गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि दिएर कार्यक्रमको औपचारिक सुरभारम्भ गरेको हो।

    ‘झापा विद्रोह’ मा संलग्न अध्यक्ष अध्यक्ष ओली र अन्य नेताहरु सुखानी उद्यानमा पुगी सहिदप्रति श्रद्धाञ्जलि दिएर अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

    तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा गिरफ्तारमा परेका झापा विद्रोहका पाँच नेतालाई सरकारले विसं २०२९ फागुन २१ गते कारागार सरुवाका नाममा झापाको चन्द्रगढीबाट इलामको सुखानीस्थित जङ्गलमा लगी दिउँसै गोली हानी हत्या गरेको थियो ।

    सहादत पाउनेमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ थिए। गत वर्ष सरकारले उनीहरुलाई सहिद घोषणा गरेको थियो । लोकतान्त्रिक २०६२/०६३ को आन्दोलनको सफलतापछि सरकारले एमालेका पूर्वनेता तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको संयोजकत्वमा गठित सहिदको मापदण्ड निर्धारणसम्बन्धी सुझाव समितिले ती पाँच योद्धालाई सहिद घोषणा गर्न सिफारिस गरेको थियो ।

    विर्तामोडको आमसभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सभालाई उद्घाटन सभालाई सम्बोधन गर्दे एमाले महासचिव ईश्वर पोखरेलले एमालेको अभियानलाई अबरोध गरिए त्यसको प्रतिकार गर्ने चेतावनी दिए।

    देशभरका विभिन्न ठाउँका जनतालाई आफ्नो पार्टीका विचार पुर्‍याउन कसैले रोक्न नसक्ने भन्दै उनले पार्टीमाथि आइलाग्नेलाई गतिले जवाफ दिने बताए।

    सरकारले दर्ता गराएको संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने भन्दै अध्यक्ष ओलीले आफूहरूले उक्त प्रस्ताव पारित हुन पनि नदिने दाबी गरे।

    काकडभिट्टाको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो संशोधन प्रस्ताव पारित हुँदैन र पारित हुन पनि दिदैनौं,’ उनले भने, ‘संविधान संशोधन देशका हित विपरीत छ। संसदभित्र नैतिक र संख्यात्मक हिसाबले पनि पारित हुदैन।’

    ओलीले देशको अखण्डता, राष्ट्रिय स्वाधीनता, देशको स्वतन्त्रता विरुद्ध कसैले गतिविधि गरे एमालेले मात्रै होइन जनताले पनि नसहने भन्दै जनतालाई अधिकार नदिन भौगोलीक र जातीय नाउँमा षड्यन्त्र भएको बताए।

    उनले यसलाई एमालेले कुनै पनि हालतमा असफल पार्ने दाबी गर्दै उत्तेजित नभई संयमित भएर कार्यक्रममा अगाडि बढ्न कार्यकर्तालाई आग्रहसमेत गरे।

    झापाको काकडभिट्टाबाट सुरु भएको यो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ।

    आजै झापाको बिर्तामोड र दमकमा अभियानअन्तर्गतका कार्यक्रम हुँदैछन्। संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेको सो अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री वितरण गरिएको छ।

    तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । र्‍याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।

    कडा सुरक्षा व्यवस्था

    एमालेका शीर्ष नेतासहित कार्यकर्तालाई सरकारले कडा सुरक्षा दिएको छ। सभामा आएका गाडीका लस्करलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडीले स्कर्टिङ गरेको छ।

    अगाडि सुरक्षा निकायका गाडि, दोस्रो घेरामा अभियानको गाडी, त्यसपछि शीर्ष नेताको गाडी, त्यसपछि स्वयम्‌सेवकको गाडी त्यसपछि मोटरसाइकल अनि साना गाडीहरू र अन्त्यमा कार्यकर्ता बोक्ने बसहरू हिँडेका छन्। पछाडिबाट सशस्त्र प्रहरीले स्कर्टिङ गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij