आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“अर्काको दूताबासमा भात खानेले जनताको हितमा केहि गर्न सक्दैनन्” – एमाले

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३



  • इटहरी । नेकपा एमालेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाले जनताको हितमा कुनै काम गर्न नसक्ने दाबी गरेको छ ।


    सो पार्टीले चलाएको मेचीकाली राष्ट्रिय अभियान अन्तर्गत इटहरीको बिराट चोकमा आइतबार आयोजित आमसभामा बोल्दै उपाध्यक्ष भीम रावलले भने, ‘ अर्काको दूताबासको भात खानेहरुले नेपाली जनतालाई केहि गर्न सक्दैनन् । ’
    उनले एमालेले आगामी स्थानीय चुनावमा देशैभरि विजय हासिल गर्ने दाबी गर्दै त्यही बुझेर कांग्रेस माओवादीले एमालेविरुद्ध भ्रम फैलाइरहेको बताए ।

    वर्तमान संविधानले सबैको हक अधिकारको सुनिश्चितता परेको भन्दै उनले संविधान संशोधनको जरुरी नभएको तर्क गरे ।

    उनले केहि पार्टी र व्यक्ति हिमाल, पहाड, मधेस छुट्याउन लागिपरेको गम्भीर आरोप लगाउँदै उनले तर एमालेले कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए ।

    हिजो झापाबाट सुरु भएको एमाले अभियान आज इटहरी आएर विराटचोकमा सभा भइरहेको छ ।   अभियानमा अध्यक्ष केपी ओलीसहितका  सबै शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij