प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३
इटहरी । नेकपा एमालेको जारी मेची –महाकाली राष्ट्रिय अभियानको क्रममा पार्टी अध्यक्ष केपी शर्माले रामेश–रायनको गीतलाई रिमिक्स शैलीमा गाएका छन् । अभियान अन्तर्गत इटहरीको विराटचोकमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले रामेश–रायनको गाउँ–गाउँबाट उठ’ बोलको जनवादी गीतलाई रिमिक्स गरेर गाएका हुन् ।
गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ हातमा कलम हुनेहरू, कलम लिएर उठ आफ्ना गाडी भएकाहरु, गाडी लिएर हिँड मोटरसाइकल हुनेहरुले , मोटरसाइकल लिएर हिँड साथमा केही नहुनेहरू, आवाज लिएर हिँड….
जनसभालाई सम्बोधन गर्दै ओलीले जनवादी गीतका केहि हरफ उस्तै र केहि रिमिस्क गरेर गाउँदै गर्दा सहभागिहरुले चर्को हुटिङ गरेका थिए । गीत गाइसकेपछि ओलीले एमालेको अभियान एकताको अभियानको भएको भन्दै आफूहरुविरुद्ध फैलाइएको भ्रम चिर्न पनि अभियान सफल हुने बताए । उनले एमाले काम गर्ने पार्टी भएको भन्दै सरकारमा हुँदा विदेशीले भनेको नामान्दा उनीहरु आतंकित भएको दाबी गरे । उनले भने, ‘एमाले काम गर्ने पार्टी हो ।
बुढापाकाहरु एमाले देख्नेवित्तिकै आर्शिवाद दिन्छन् । युवाहरु भित्रैदेखि जोसिन्छन् ।’ उनले एमालेले राष्ट्रियताको पक्षमा कसैसँग सम्झौता नगर्ने समेत उद्घोष गरे । सो सभालाई एमाले उपाध्यक्ष भीम रावल, दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायउतले पनि सम्बोधन गरेका थिए । विराटचोकको सभापछि एमालेले आजै इटहरीमा अर्को जनसभा गर्नेछ भने त्यही आजको रात बिताउनेछन् । अभियान शनिबारदेखि काकडभिट्टाबाट सुरु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij