आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘एमाले’को मेची–महाकाली अभियान पुनः भोलिदेखि

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७३



  • चितवन । सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान भोलिबाट पुनः हेटाँैडादेखि सुरु हुने भएको छ ।

    नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गते जिल्लामा वृहत ¥याली र आमसभा गर्ने जनाएको छ ।

    जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले केन्द्रीय अध्यक्षसहित तीन शीर्ष नेताले सभालाई सम्बोधन गर्ने बताए ।

    बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहितको पाँचहजार भन्दा बढीको मोटरसाइकल ¥याली भरतपुरको चौबिस कोठीमा आएर जम्मा हुने सहभागीसहितको वृहत ¥याली नदी किनारमा पुगेर सभामा परिणत हुने बताए ।

    सभामा ५० हजार सहभागी हुने लक्ष्य राखिएको बताउँदै पोखरेलले ¥यालीमा विभिन्न जातजाति, समुदायको झाँकी प्रस्तुत गर्ने पनि बताए ।

    सो अवसरमा जारी विज्ञप्तिमा फागुन २३ गते सप्तरीमा भएको शान्तिपूर्ण आमसभा बिथोल्ने प्रयास भएकोमा दुःखव्यक्त गरिएको छ ।

    फागुन २१ गते पूर्वको काँकडभित्ताबाट सुरु भएको अभियान चैत ७ गते सुर्खेतमा पुगेर सम्पन्न हँुदैछ ।

    सप्तरीमा झडपपछि अभियान तीन दिनका लागि स्थगित गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij