आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्याग्दीको बालमन्दिर विद्यालयमा भिषण आगलागी, एक करोडको क्षति

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा बुधबार राती आगोलागी हुँदा दश कोठे भवन जलेर ध्वस्त भएको छ ।

    आगोलागीबाट काठ, ढुङ्गामाटोले बनेको दुई तले दश कोठे भवन जलेर ध्वस्त भएको हो ।

    विद्युत सर्ट भएर आगोलागी हुँदा भवनका साथै फर्नीचर लगायतका भौतीक सामग्री जलेर नष्ट हुँदा रु १ करोड भन्दा बढीको क्षति भएको शिक्षक रामप्रसाद शर्माले जानकारी दिए ।

    विद्यालय प्रशासनका कागजात, कम्प्युटर, पुस्तकालयका करिव ७ हजार पाठ्यपुस्तक, ९ वटा कम्प्यूटर सहित विद्यालयका महत्वपुर्ण दस्तावेज सहितको साम्रग्री जलेर नष्ट भएको छ ।

    साँझ सवा पाँच बजेदेखि सुरु भएको आगोलागी राती करिब ९ बजेपछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

    विद्युतीय पुस्तकालय समेत जडान गरिएको कक्षा ८ सम्मको पाठनपाठन हुने सो विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij