आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बन्दले सुदुरपश्चिम प्रभावित, बन्दका बेला पूर्व जान ‘वैकल्पिक मार्ग’

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३



  • कञ्चनपुर/उदयपुर । बन्दको प्रभाव भारतीयको गोली लागि नेपाली मारिएको जिल्ला कञ्चनपुरलगायत सुदूरपश्चिमको जनजीवनमा पनि परेको छ ।

    कैलाली कञ्चनपुरलगायत पहाडी जिल्लाका सदरमुकाममा बिहानैदेखि बन्दकर्ता सडकमा उत्रेका छन् ।

    बन्दकर्ताले ठाउँठाउँमा टायर बालेर घटनाको विरोध गरेका छन् । कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीबाट लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन ।

    गाडी नचल्दा भारतका विभिन्न स्थानबाट रोजगारी गरी नेपाल फर्केका यात्रु मारमा परेका छन् । केहीले भने अवैध रुपमा चर्को भाडा लिएर यात्रु ओसारपोसार गरिरहेका छन् ।

    केही दिनदेखि मधेश बन्दले पूर्व–पश्चिम राजमार्गमा यातायात संचालन नहुँदा उदयपुरको निर्माणाधीन बैकल्पिक सडक प्रयोग गर्नेको संख्या बढेको छ ।

    कोशी व्यारेजदेखि वलानखोला सप्तरी खण्ड ठप्प हुँदा यो सडक प्रयोगमा आएको हो ।

    पूर्वी भारतको सिक्किम तथा पश्चिम बंगालका तीर्थयात्री लगायतले सिन्धुलीको भिमान-उदयपुरको कटारी-नेपालटार–गाईघाट-बेल्टार-रामपुर-चतरा हुदैं यातायातको साधन संचालनमा आएको थियो ।

    सप्तकोशीले धार परिवर्तन गरेसँगै चतरामा बनाइएको पुलले यातायातलाई सहज बनाएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij