आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कमल थापाले भने– संशोधन प्रस्तावको पक्षमा मत हाल्न परे सरकारबाट बाहिरिन्छौं

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३



  • काठमाडौं  । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन् ।


    सोमबार काठमाडौमा भएको साक्षत्कारमा उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनैपनि द्धिविधा र अस्पष्ट नरहेको बताउँदै भने,‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा छ, यसको विपक्षमा मतदान गर्छ, तपाईहरु ढुक्क हुनुहोस्, अझ यो प्रस्तावलाई पारित गराउनका लागि सरकारले सदनमा निर्णायर्थ पेश गर्यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजिनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं ।’

    राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनैपनि परिवर्तन नभएको बताए ।

    ‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिलेपनि त्यही छ, म सरकारमा सहभागी हुँदैमा हाम्रो पार्टीको नीतिमा कुनैपनि परिवर्तन भएको छैन, अहिले संसदमा रहेको संविधान संशोधन प्रस्ताव पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं ।’

    उनले संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको र यसको पक्षमा मतदान नगर्ने भनेर भनिसकेकोले अब कति पटक भन्नुपर्ने भन्दै प्रश्न तेर्साए ।

    मन्त्री थापाले मधेश केन्द्रित दलहरुको माग पूरा गर्नका लागि आफू मन्त्री भएदेखि नै वार्ता र छलफललाई अघि बढाईसकेको बताए । भने,‘म मन्त्री भएको दुईदिन भयो, मन्त्री भएकै दिनदेखि मधेश केन्द्रित दलहरुका माग पूरा गर्न विशेष तयारी गरिसकेको छु, उहाँहरुसँगको छलफल तथा वार्तालाई तिव्रता दिएको छु,। ’

    थापाले अब बैशाख ३१ गते नै निर्वाचन हुनेमा कसैले पनि कुनै शंका तथा उपशंका गर्न नहुने पनि बताए । भने,‘निर्वाचन सम्पन्न गर्नका लागि युद्धस्तरमा काम भैरहेको छ, निर्वाचन आयोगलाई सबै सामाग्री जुटाईदिन्छौं।’ उनले अघि थपे,‘चुनाव निश्चित रुपमा हुन्छ, अब सबैलाई चुनावमा जुट्नका लागि म आग्रह गर्दछु ।’

    उनले बैशाख ३१ गते चुनाव नहुने भए सबैभन्दा पहिले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।थापाले राप्रपा कुनै पनि हालतमा नफुट्ने जिकिर गरे ।उनले डा. लोहनीको पार्टी परित्यागले कुनै फरक नपार्ने समेत स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij