प्रकाशित मिति : शनिबार, चैत्र ५, २०७३
काठमाडौं । सत्ता साझेदार नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चाले भाग नलिए मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।
नेता कोइरालाले निर्वाचनको आवश्यक्ता मधेशी मोर्चालाई पनि रहेको स्पष्ट गरे ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघको चौंथो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले मध्यमार्गी धारमा रहेको मधेशी मोर्चालाई साथमा नलिए मुलुकमा जातीय उग्रवादको द्धन्द्ध जन्मने र त्यसले मुलुकलाई हित नगर्ने पनि उल्लेख गरे ।
नेता कोइरालाले हिमाल, पहाड, तराई÷मधेश मिलेर मात्रै मुलुकको हित हुने पनि स्मरण गराए ।
नेता कोइरालाले एमाले र मधेशी मोर्चा दुवै दललाई अराजकतावादीको संज्ञा दिए ।
संविधान संशोधन प्रस्ताव अघि बढाउनै नदिने एमाले र आफूले भने जसरी पारित नभए मान्य नहुने अडान राख्दै आएका मधेशी मोर्चालाई अराजक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाविरोधी भएको आरोप लगाएका हुन् । नेता कोइरालाले संविधान संशोधन प्रस्ताव पारित गराउने दायित्व सरकारको रहेको र सत्तारुढ राप्रपा त्यसबाट उम्कने अवस्था नरहेको पनि बताए । उनले मधेशको राष्ट्रियतामाथि शंका नगर्न पनि सबैमा आग्रह गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij