आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“निर्वाचन कुनै शक्तिले पनि अब रोक्न सक्दैन”- उपप्रधानमन्त्री थापा

  • प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३



  • विराटनगर । उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको चुनाव अब कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले सरकार र निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र गतिमा गरिरहेकाले कुनै पनि हालतमा निर्वाचन स्थगित नहुने बताए । निर्वाचन सुनिश्चितताकै लागि आफूहरु सरकारमा सहभागी भएको उनको भनाइ थियो ।

    मन्त्री थापाले असन्तुष्ट मधेसी दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास जारी रहेको बताए । उनले मधेसी दललाई चुनावमा सहभागी गराउने वातावरण सरकारले तयार गरिरहेको जानकारी दिए ।

    अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij