आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“तातोपानी नाका खुलाउने चीन भ्रमणको मुख्य एजेण्डा”- प्रधानमन्त्री दाहाल

  • प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३



  • काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणपछि तातोपानी भन्सार नाका खुल्ने बताएका छन् ।

    प्रधानमन्त्री दाहालले आफनो चीन भ्रमणको मुख्य एजेन्डा नै तातोपानी भन्सार नाका खुलाउने, अरनिको राजमार्ग विस्तार गर्ने तथा चीनसँगको सम्झौता कार्यान्वयनमा लैजाने रहेको स्पष्ट पारेका छन् ।

    तातोपानी भन्सार नाका खुलाउन कूटनीतिक पहल गरिदिन आग्रह गर्दै बुधबार विहान बालुवाटार पुगेका नेपाल ट्रक कन्टेनर व्यवसायी संघका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्री प्रचण्डले तातोपानी नाका खुलाउन आफूले पटक पटक पहल गरिरहेको पनि स्मरण गराए ।

    भेटमा प्रधानमन्त्री दाहालले सोही भ्रमणका क्रममा तातोपानी भन्सार नाका खुलाउन र अरनिको राजमार्ग विस्तार गर्ने सम्झौता कार्यान्वयन गर्न चिनियाँ राष्ट्रपति समक्ष कुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले तातोपानी नाका नेपाल–चीन सम्बन्धको आधार तथा नेपालको आर्थिक समृद्धिको पनि आधारमा भएको भन्दै यसबारे सरकार जानकार रहेको पनि बताएका थिए ।

    सो अवसरमा कन्टेनर व्यवसायीहरुले तातोपानी नाका ठप्प हुँदा चीनसँगको व्यापार ठप्प भएको र त्यसैमा आश्रित रहेका १५ सय भन्दा बढि कन्टेनर व्यवसायीहरु बिस्थाथित हुने अवस्था आउँदा समेत सरकारले बेवास्ता गरेको गुनासो गरेका थिए ।

    २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि तातोपानी भन्सार नाका बन्द भएको थियो ।
    व्यवसायीहरुले त्यसयता सरकारले पहल नगरेकै कारण चीनले समेत तातोपानी भन्सार नाका खुलाउन चासो नदिएको गुनासो गर्दै आएका छन । करिव १५ सय कन्टेनर व्यवसायी विस्थापित हुने अवस्था आउँदा समेत सरकारले तातोपानी नाका खुलाउन पहल नगरेपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए ।

    यवसायीहरुले तातोपानी भन्सार नाकालाई नेपाल चीन सम्बन्धको ऐतिहासिक आधार भएको उल्लेख गर्दै त्यसलाई खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग अनुरोध समेत गरेका छन । तातोपानी भन्सार नाका नेपाल र चीन व्यापारको मूलद्धार मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij