आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर्मचारी सङ्गठनले दलको झन्डा बोक्नु कानुन प्रतिकूल–मन्त्री बुढाथोकी

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७३



  • काठमाडौँ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले राजनीति र प्रशासन दुवै क्षेत्रमा विकृति र विसङ्गति भएकाले दुवै क्षेत्र सुध्रिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    सामान्य प्रशासन मन्त्रालय र प्रशासकीय अदालतको संयुक्त आयोजनामा ‘निजामती सेवा ः सञ्चालन, आचरण र अनुशासन एवम् विभागीय कारबाही’ विषयक अन्तक्र्रियामा उनले भने – “कर्मचारी सङ्गठनले राजनीतिक दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल छ ।”

    मन्त्री बुढाथोकीले जनताप्रति उत्तरदायी भई सेवा प्रवाह गर्न र निर्वाचनको कार्यलाई सहयोग पु¥याउन कर्मचारीलाई निर्देशन दिए।

    नेपाल सरकारका सचिव र विभागीय प्रमुखको समेत सहभागिता रहेको उक्त कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले अनुशासनहीन काम गर्नेलाई विभागीय कारबाही गर्न निर्देशन दिए ।

    प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्णय गर्दा आधार कारण उल्लेख नगरी निर्णय गर्ने प्रथा अन्त्य गर्ने तथा जवाफदेही बहन नगर्नेहरुबाट क्षतिपूर्ति भराउनेसमेत व्यवस्था गर्ने कुरामा जोड दिए ।

    सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सरुवा, काज, अध्ययन बिदा कानुनसम्मत नभएकोतर्फ सचेत हुन सबैलाई ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij