आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाहिर काम गर्ने डाक्टरलाई कडा कारवाही : मन्त्री थापा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७३



  • संजय मिश्रा रौतहट, चैत ११– स्वास्थ्य मन्त्री गगन थापाले कार्यालय समयमा अन्यत्र काम गर्ने डाक्टरलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले रौतहटको सदमुकाम गौरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको निरीक्षण पछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले यस्तो चेतावनी दिएका हुन् ।

    रौतहटमा त्यस्तो समस्या देखिए तुरुन्त कारवाही गर्न मन्त्री थापाले कार्यक्रममा सहभागी सिडिओ उद्धव बहादुर थापालाई निर्देशन दिए ।
    जिल्ला अस्पताल गौरमा तत्काल स्थाई दरबन्दी डाक्टरको ब्यवस्था गर्ने पनि मन्त्री थापाले आश्वासन दिएका छन् ।

    शिविरमा बिरामीको भिड देखेका मन्त्री थापाले जिल्लामा राम्रो उपचारको अभाव रहेको ठहर गर्र्दै गौर अस्पतालमा बालरोग बिशेषज्ञका साथै ५० शैया सञ्चालनका लागी आवशयक उपकरण उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

    शिविरमा तिनदिन भित्र तीन हजार चारसय १४ बिरामीको स्वास्थ्य जाँच गरेको ईन्द्रबक्स गणका प्रमुख सेनानी राजु कार्कीले जानकारी दिए ।

    सो अवधिमा ४४ जना बिरामीको मेजर अपरेसन तथा नौ जनाको माईनर अपरेसन गरेको प्रमुख सेनानी काकीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij