आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देश कसले चलाइरहेको छ ?, कसको भरमा छ मुलुक ?

  • प्रकाशित मिति : शनिबार, चैत्र १२, २०७३



  • काठमाडौं । देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि कार्यबाहक नदिई चिन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर योपल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी विदेश गए ।

    कार्यबाहक प्रधानमन्त्रीलाई विशेष सुरक्षा स्कटिङ सहितको सुविधा दिइन्छ । प्रधानमन्त्री विदेश भ्रमण उडेलगत्तै कार्यबाहकलाई विमानस्थलबाटै प्रधानमन्त्रीकै हैसियतमा स्कटिङ गरिन्छ । विहीबार दाहाल चीन जाँदा पनि  ‘स्कटिङ’ व्यवस्था गरी विमानस्थलमै पठाइएको थियो । तर त्यत्तिकै फर्काउनु पर्‍यो ।

    प्रधानमन्त्री दाहालले कार्यबाहक तोक्न नतोकेसंगै मन्त्रिपरिषदमा मर्यादाक्रमलाई लिएर उत्पन्न विवाद पनि सतहमा आएको छ । दाहालले यसअघि युएई र भारत जाँदा कांग्रेसबाट सरकारको नेतृत्व लिएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई कार्यबाहकको जिम्मेबारी दिएका थिए । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान तथा स्थानीय बिकास मन्त्रीमा ल्याएपछि मन्त्रिपरिषमा मर्यादाक्रमको विवाद चुलिएको हो ।

    निधिले यसअघि दुईपटक कार्यबाहक पाएको र संसदको ठूलो दलको हैशियतले आफूले नै दोस्रो मर्यादाक्रम पाउनुपर्ने दावी गर्दै आएका छन् । थापाले भने आफू निधि अघि नै उपप्रधानमन्त्री भएकाले प्रधानमन्त्री पछिको मर्यादाक्रम आफ्नो भएको जिकिर गरेका छन् ।

    प्रधानमन्त्रीको अनुपस्थितमा तत्काल केही घट्ना भएर मन्त्रिपरिषद बैठक बस्नु पर्ने अवस्था आएमा के गर्ने भन्नेबारे उत्तिकै अन्यौल छ । देश नेतृत्वविहीन देखिएको चिन्ता गर्ने पनि उत्तिकै छन् । ‘हुलाकको जमाना होइन यो, जहाँबाट जहाँको काम गर्न पनि प्रविधिले सजिलो बनाएको छ’, उर्जा मन्त्री जनार्दन शर्माले भने, ‘प्रधानमन्त्रीले चीनबाटै देश चलाइरहनु भएको छ ।’

    केही दिनअघि संसद बैठकमा उपप्रधानमन्त्री थापा प्रधानमन्त्रीपछिको कुर्चीमा बसेका थिए ।

    मर्यादाक्रम विवादकै कारण बालुवाटारमा प्रमुख दलको बैठकमा समेत निधि उपस्थित हुन छाडेका थिए । स्रोतका अनुसार दाहालले चीन भ्रमणमा जाँदा उनलाई कार्यबाहक दिने आश्वसन दिए पनि विवादकै कारण निर्णयमा पुग्न सकेनन् । ‘थापालाई कार्यबाहक दिएको भए निधिले राजीनामा दिने मनस्थिति बनाउनुभएको थियो’, स्रोतले भन्यो ।

    स्वंय कांग्रेसकै सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष थापालाई सरकारमा ल्याउँदा नै दोस्रो मर्यादाक्रम दिने आश्वासन दिएको उर्जामन्त्री शर्माले बताए । ‘कांग्रेस सभापतिले नै कमल थापालाई सरकारमा ल्याउँदा दोस्रो नम्वरको मर्यादाक्रम हुन्छ भनेर विश्वास दिलाउनुभएको थियो’, शर्माले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij