आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कैलालीमा चुनावी गतिवधि बढाउँदै दलहरु

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७३



  • धनगढी । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा कैलालीमा सक्रिय राजनीतिक दलहरु चुनाव केन्द्रीत अभियानलाई तीव्र बनाएका छन् । बिशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवदी केन्द्रले चुनावी अभियानमा जुटेका हुन् । उनीहरसँगै अन्य दलले पनि आफ्ना गतिविधि जारी राखेको जनाएका छन् । दलहरुले चुनावी परिणामा आफ्नो पार्न आकर्षक नारा समेत तय गरेका छन् ।

    नेकपा माओवादी केन्द्रले ‘सम्बृद्ध गाउँनगर, सम्बृद्ध नेपालको आधार’ भन्ने नारा अघि सारेको छ । माओवादी केन्द्रले मंगलबारै कैलालीका विभिन्न वडा तथा नगरमा पुगेर स्थानीय निर्वाचनको उद्देश्य र महत्वका बारेमा छलफल चलाएको छ । स्थानीय निर्वाचनमा माओवादी केन्द्रको जीतले मात्र पिछडिएका वर्ग, आदिवासी, जनजाती, मुस्लिम, दलित, थारुको मुद्धा र अधिकारको संरक्षण हुने सो पार्टीका नेता रमेश धामीले बताए ।

    धामीले धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका वडा अध्यक्षसँग वडाको बस्तुस्थिती र जित्ने आधारका बारेमाराय सुझाव लिएको र त्यहि सुझावका आधारमा अघि बढ्ने बताए ।
    उनले नेकपा माओवादी केन्द्रले बुथ केन्द्रको निर्धारण, बुथको घोषणा र पार्टीको घोषणापत्र वडा लगेर गाउँपालिकाहरुमा प्रचारप्रसारको अभियान तीब्र बनाएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रमेश भट्टराईले जानकारी दिए ।

    त्यसैगरी नेपाली काँग्रेसले पनि चुनावी अभियान अन्तर्गत विभिन्न गाउँबस्तीमा भेटघाटलाई तिब्रता दिन थालेको छ । नेपाली काँग्रेस कैलालीले जिल्लाका गाउँपालिका र नगरपालिका अन्तर्गत वडाहरुमा पुगेर वडा भेला आयोजना गर्न लागेको नेपाली काँग्रेस कैलालीका सचिव पूर्ण कुवँरले बताए ।

    उता, नेकपा एमालेले पनि वडा कमिटी गठन गर्दै चुनावी प्रचार अभियानलाई अघि बढाएको नेकपा एमाले कैलालीका जिल्ला सचिव रणबहादुर चन्दले जानकारी दिए । राप्रपाले पनि जिल्लामा चुनावी अभियान सम्बन्धी गतिविधि अघि बढाएको सो पार्टीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij