आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग लिदैनौं’ : डा. भट्टराई

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७३



  • काठमाडौं ।  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आँखा चुनाव चिन्ह नपाए चुनावमा भाग नलिने बताएका छन् ।

    मंगलबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको अन्तरिम केन्द्रीय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग लिंदैनौं । हामीलाई हाम्रै चुनाव चिन्ह आँखा दिनुपर्छ, चुनाव चिन्हबिना हामी चुनावमा भाग लिँदैनौं ।’

    डा. भट्टराईले भर्खरै जारी भएको स्थानीय तह निर्वाचन ऐनमा सुनियोजित र बद्नियतपूर्ण ढंगले अहिले संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था भएको प्रति आक्रोश व्यक्त गरे । नयाँ शक्ति उनले निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले बेइमानी गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गर्ने बताए । ‘हामी चुनावको विकल्प छैन भनिरहेका छौं तर, चुनावमा जानको लागि दलीय चुनाव चिन्हबाट बञ्चित गर्ने व्यवस्था भएको छ’, उनले भने ।


    नयाँ शक्तिको समन्वयकारी भूमिका
    देशमा संविधान संशोधन कि चुनाव भन्ने सवालमा बहस सिर्जना भइरहेको बताउँदै नयाँ शक्ति पार्टीले चुनावमा संघर्ष र सहभागिताको दोहोरो कार्यनीति अख्तियार गर्ने उनले बताए ।

    ‘चुनावी माहोल बढ्दै गएको सन्दर्भमा आदिवासी जनजाति, मधेशीरथारु लगायतका उत्पीडित समुदायहरुको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गरी घोषित निर्वाचन सम्पन्न गर्नका लागि नयाँ शक्तिले चुनावलाई संघर्ष र सहभागिताको मोर्चाको रुपमा लिनेछ’, बैठकमा प्रतिवेदन पेश गर्दै उनले भने – ‘नयाँ शक्तिले राजनीतिक निकासका लागि आन्दोलनकारी शक्तिहरु र सरकारबीच समन्वयकारी भूमिका खेल्ने नीति अख्तियार गर्नेछ ।’

    संयोजक भट्टराईले घोषित निर्वाचन सम्पन्न गरी देशलाई निकास दिनका लागि पार्टीले अगाडि सारेको ६ सूत्रीय पूर्वशर्तहरु सम्बोधन हुनुपर्ने आवश्यकता औंल्याउँदै निर्वाचनका लागि प्रदेशहरुको सीमांकन टुंग्याउनुपर्ने, विशेष क्षेत्र, संरक्षित क्षेत्र लगायतका संविधानमा उल्लेखित क्षेत्रहरुको पनि टुंगो लाग्नुपर्ने, सर्वदलीय सरकार गठन गर्नुपर्ने, चुनावलाई कम खर्चिलो र मितव्ययी बनाउनुपर्ने, तीनवटै निर्वाचनहरु एकैचोटी गर्नुपर्ने, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका पूर्वशर्तहरु पेश गरे ।

    उम्मेद्वार छनौटका १० आधार पेश

    संयोजक भट्टराईले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटको १० आधारहरु पेश गर्दै जनताका मुख्य मुद्दाहरुबारे जानकार तथा विकास निर्माणका सवालहरुमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने व्यक्ति उम्मेदवार हुने बताउँदै प्रभावकारी सामाजिक छवी भएको स्वतन्त्र सामाजिक व्यक्तिलाई समेत उम्मेदवार बनाउने बताए ।

    बैठकलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक रामचन्द्र झाले निर्वाचन आयोगले एकल निर्वाचन चिन्हबाट बञ्चीत गरे स्थानीय तहदेखि केन्द्रसम्म जनदबाब सिर्जना गर्ने बताए ।

    बैठकमा सांगठनिक उपलब्धि प्रस्तुत गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले हालसम्मको अवधिमा सन्तोषजनक काम भएको बताए ।

    अनुशासन आयोगका प्रमुख आयुक्त परशुराम खापुङले बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र भएका कमीकमजोरी हल गर्दै अघि बढ्नुपर्ने बताए ।

    बैठकमा देशभरबाट करीव एक हजार जना केन्द्रीय परिषद् सदस्यहरुको उपस्थिति रहेको छ । बैठकमा पार्टीको आगामी रणनीतिक कार्ययोजनाका बारेमा छलफल हुनेछ । बैठक १६ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij