प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७३
काठमाडौं । चैत १६– १७ दिनअघि कमल थापा नेतृत्वको राप्रपा परित्यागको घोषणा गरेका प्रकाश चन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को घोषणा गरिएको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी लोहनीको अध्यक्षतामा ७१ सदस्यीय एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टीको घाेषाणा गरिएको हो ।
पार्टीको विधानमा १७५ जना केन्द्रीय सदस्य बनाउने रहने व्यवस्था गरिएको र बाँकी केन्द्रीय सदस्य पछि थप्दै गइने सो पार्टीका नेता श्याम तिमल्सिनाले जानकारी दिए ।
केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तरसमेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो ।
नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेकाे छ भने पार्टीको चुनाव चिन्ह हलो राखिने समझदारी भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij