आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न, ७३ लाखबढीको कारोबार

  • प्रकाशित मिति : आइतवार, चैत्र २०, २०७३



  • काठमाडौं ।  कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबार बाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो ७३ लाख बढीको कारोबार भएको छ । ‘शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आइतबार सम्पन्न भएको मेला ४ दिन सम्म चलेको थियो ।
    तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको थियो ।

    अपेक्षा गरेको जस्तै कारोबार भएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबार सँगै प्रबद्र्धन गर्न पनि सफल भएको बताए । मेलामा फ्लोरिकल्चर ब्यबशायमा प्रयोगमा आएका अन्तर्राट्रिय प्रबिधीका बारेमा पनि अबलोकनकर्ताले जानकारी पाएको बताउँदै अध्यक्ष कसजुले ब्यापारबाट प्राय सबै ब्यबशायी खुशी रहेको दाबी गरे ।

    मेला अबधीभर ६६ हजार बढी अबलोकन कर्ता र फूल पारखी मेला अबलोकनका लागि आएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका कार्यक्रम संयोजक जेबि तामाङले अघिल्लो बर्षहरुमा भएका मेलामा भन्दा यस बर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको जानकारी दिए ।

    एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार, शनिबार २५ लाख ७१ हजार र मेलाको अन्तिम दिन आइतबार १९ लाख ६८ हजार बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका महासचिब मिन बहादुर तामाङले जानकारी दिए । मेलाको उद्घाटन भएको दिन १२ हजार ५ सय, दोस्रो दिन १४ हजार ९ सय ५० , तेस्रो दिन शनिबार १२ हजार ६ सय तथा मेलाको अन्तिम दिन आइतबार १७ हजार ७ सय ५० बढी अबलोकनकर्ताले प्रदर्शनीमा अबलोकन गर्न आएको मेला संयोजक दिलिप बादेले बताए ।

    प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाइ मेलामा सहभागी गराइएको थियो ।
    मेलामा सहभागि एग्रीप्लाष्ट टेक इन्डियाका माकेटिङ मेनेजर सुभांकर दत्ता गुप्ताले मेला अन्तर्राष्ट्रिय स्तरको भएको बताउँदै आफू हरेक बर्ष नेपालमा हुने मेला अबलोकनका लागि आउने गरेको बताए । उनले मेला गर्नका लागि बर्षेनी ठाउँ कम हुँदै गएको र यसका लागि नेपाल सरकार र फ्यानले पहल गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij