आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ठूलो पार्टी बन्ने होडबाजी, राजपा बन्यो संसदको पाँचौं दल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ८, २०७४



  • काठमाडौं ।  राष्ट्रिय दलको मान्यता प्राप्त गर्न ३ प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षतर्फ एक सिट जित्नै पर्ने बाध्यकारी कानून बनेपछि साना दलहरु धमाधम एकता प्रक्रियामा सामेल भएका छन् ।

    विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) केही दिनअघि मात्र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता गरी संसदमा पाँचौं ठूलो दल बनेको थियो ।

    संसदको पाँचौं ठूलो दल बनेको गच्छदार नेतृत्वको पार्टीमा विहीबार पुनः थरुहट तराई पार्टीका गोपाल दहित पनि मिसिए । दहित मिसिएपछि गच्छदारको पार्टीमा सांसदको संख्या १८ पुगेको छ । पाँचौं ठूलो दल बनेर हौसिएका गच्छदारलाई माथ गर्दै विहीबार मधेसको प्रतिनिधित्व गर्ने ६ राजनीतिक दल एक भएपछि गच्छदारको पार्टी संसदमा छैंठौं दल बन्न पुगेको छ ।

    तराई मधेसमा लामो समय संघर्ष गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ७ दल मध्ये ६ दल एकतावद्ध भएपछि गच्छदारलाई झड्का लागेको हो । विहीबार एकता घोषणा गरिएपछि दलको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बनाइएको छ ।

    एकतापछि बनेको राजपा गच्छदारलाई माथ गर्दै संसदको पाँचौं ठूलो दल बनेको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी गठन गरिएको हो । अब संसदमा राजपाको २५ सिट भएको छ ।

    तराई मधेस लोकतान्त्रिक पार्टीको ११, सद्भावना पार्टी ६, तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीको ३/३, फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी एक एक सिट रहेका थिए ।

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने मधेसी दलहरुको एकतामा सहभागी भएको छैन । उपेन्द्र नेतृत्वको फोरम डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा एकता गर्ने तरखरमा छ । नयाँ शक्तिमा एक एक सिट रहेका दुई पार्टी एक भइसकेका छन् ।

    संघीय समाजवादी फोरमको संसदमा १५ सिट रहेको छ । विभिन्न पार्टीहरुबीच एकतापछि ३२ दल रहेको संसदमा अब २२ दल मात्र हुने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij